पूर्वगृह राज्यमन्त्रीले कन्यालाई दक्षिण होइन कापी र कलम दिए

पूर्वगृह राज्यमन्त्रीले कन्यालाई दक्षिण होइन कापी र कलम दिए

नवलपरासीः कन्यालाई दक्षिणास्वरुप कापी कलम दिएर नवलपरासीमा नयाँ कामको थालनी गरिएको छ ।

बडादसैँको अवसरमा स्थानीय धार्मिक तथा ऐतिहासिक शक्तिपीठ पाल्ही भगवती मन्दिरमा पूजाअर्चनापछि कन्यालाई नगदको सट्टा कापी कलम दिइएको हो ।

मन्दिरका मुख्य पुजारी एवम् पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सोमबार नवमीको अवसरमा स्थानीय गरिब विपन्न समुुदायका बालिका (कन्या)लाई दक्षिणास्वरुप कापी कलम प्रदान गरे ।

यस कार्यक्रममा सहभागी करिब ४० कन्याले सो कार्यको प्रशंसा गरेका छन् ।

पाल्ही भवगती मन्दिर यस क्षेत्रका अन्य शक्तिपीठमध्ये बढी विश्वासिलो धार्मिकस्थल मानिन्छ । तत्कालीन सेनवंशी ९पाल्पा० राजाको पालादेखि यस देवीलाई साक्षात् देवी स्वरुप पञ्चबलि पूजा दिइदै आएको छ ।

सम्वत् १९२२ गोरखा जिल्लाको च्याङ्लीबाट भूपदेव कँडेलका छोरा इन्दिवर राज कँडेल बसाइ सराइ आएपछि तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहबाट इन्दिवर राज कँडेललाई सुब्बाको ओहदाबाट सम्मानित गरी पाल्ही माझ खण्डको नेतृत्व प्रदान गरिएको थियो ।

जसको मातहातमा प्रशासनका साथ माल अदालत पनि पर्दथ्यो । सोही समयदेखि देवीको मुख्य पूजा र यस मन्दिरको संरक्षण सुब्बा इन्दिवर कँडेलका वंशले निरन्तर गर्दै आएको इतिहास छ । सो वंशको निरन्तताअन्तर्गत हाल सो मन्दिरका मुख्य पुजारीका रुपमा नेपाली काँग्रेसका नेता एवम् पूर्व गृह राज्य मन्त्री देवेन्द्रराज कँडेल रहँदै आएका छन् ।

विसं १९८५ मा स्व माधवराज कँडेलले पुरानो जीर्ण मन्दिरलाई पुनःनिर्माण गर्नुभएको थियो । सो मन्दिरमा भाकल गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले भारतबाट समेत बाक्लो मात्रामा भक्तजनको घुुइँचो लाग्ने गरेको छ ।
वृद्धवृद्धालाई फलफूल वितरण

बडादसैँका अवसरमा यहाँका युवाले यहाँको वृद्धाश्रममा रहेका वृद्धवृृद्धालाई फलफूल वितरण गरेका छन् ।

सुप्रभात युवा मञ्चको अगुवाइमा स्थानीय युवाले सोमबार रामनगरस्थित आश्रममा रहेका वृद्धवृद्धालाई फलफूल वितरण गरेका हुन् ।

चाडबाडका बेला आश्रममा रहेका वृद्धवृद्धाको अनुहारमा केही खुसी र आत्मीयता बढाउने प्रयासस्वरुप फलफूल वितरण गरिएको सो अभियानका संयोजक जीवन न्यौपानले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.