स्थानीय निकायको तयारीमा सरकार

स्थानीय निकायको तयारीमा सरकार

कञ्चनपुरः कृषि मन्त्री गौरीशङ्कर चौधरीले स्थानीय निकायको निर्वाचन गराउनका लागि सरकारको ध्यान केन्द्रित भएको बताएका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका-३ सीताबस्तीमा नवोदय जीवनशक्ति युवा क्लबले बिहीबारदेखि आयोजना गरेको चतुर्दशी मेलाको उद्घाटन गर्दै चौधरीले संविधान कार्यान्वयन गराउनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक भएको बताए ।

‘निर्वाचनका लागि सरकार आन्तरिक गृहकार्यमा जुटेको छ’ उनले भने । आन्दोलनरत मधेसी र थारू समुदायसँग स्थानीय निकायको निर्वाचनको वातावरण बनाउनका लागि सरकार प्रयासरत रहेको उनको भनाई थियो । मेला बिहीबारदेखि तीनदिनसम्म आयोजना हुनेछ ।

यसैबीच, मन्त्री चौधरीले भारतीय अतिक्रमणको चपेटामा परेको प्याराताल क्षेत्रको स्थलगत अवलोकन गरे । स्थानीय बासिन्दासँग सीमा क्षेत्रबारे जानकारी लिँदै उनले यसबारे मन्त्रीपरिषदमा कुरा उठाउने आश्वासन दिए ।

भारतीय जङ्गली हात्तीले पुर्‍याउँदै आएको क्षतिबारे आफू जानकार भएको उल्लेख गर्दै मन्त्री चौधरीले हात्ती नियन्त्रण गर्न र कृषकलाई क्षतिपूर्ति रकम उपलब्ध गराउनका लागि कार्य अगाडि बढाइने बताए ।

पुनर्वास नगरपालिका–१२ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक कृषि क्याम्पस स्थापनाका लागि सक्दो पहल गर्नुपर्ने उनको भनाई थियो ।

पुनर्वास नगरपालिकाकै जीवनशक्ति निम्न माध्यमिक विद्यालयले रु २० लाखभन्दा बढीको लगानीमा निर्माण गरेको पौडीपोखरीको निरीक्षण गर्दै उनले सरकारका तर्फबाट सहयोगका लागि पहल गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.