कोरियाली साहुले नेपालीलाई टीका लगाइदिएको भिडियो

कोरियाली साहुले नेपालीलाई टीका लगाइदिएको भिडियो

सोलः दक्षिण कोरियामा नेपाली दूतावास, एनआरएन कोरिया साथै विभिन्न संघसस्थाले दसैं मनाए । दूतावासले विजय दशमीको दिन टीका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्यो । एनआरएनको समन्वयमा विभिन्न सस्थाले अष्टमीमा टीका लगाउने कार्यक्रम राखे । सँगै किम्हे र फेन्थेक माइग्रेन्ट सेन्टरले पनि अष्टमीकै दिन टीका ग्रहण कार्यक्रम राखेका थिए ।

तर, यसरी आयोजना भएका कार्यक्रमले भन्दा अर्को एक फरक कार्यक्रमले नेपाली कामदारलाई धेरै प्रभाव पार्यो । तीन नेपाली कार्यरत एक कम्पनीका साहुले नेपाली कामदारसँगै दसैं मनाएको भन्ने खबरले देश विदेशमा चर्चा पाएको छ । साहुले टीका लगाइदिएको भिडियो समेत सार्वजनिक भएको छ । भिडियोमा कम्पनी साहुले नेपाली कामदारलाई टीका लगाइदिएर आर्शीवाद पनि दिएका छन् ।

दसैंको शुभसाइत पारेर साहुले टीका लगाइदिएको कम्पनीमा कार्यरत काठमाडौँ फुटुंगका यदुकुमार गिरिले जानकारी दिए । सुयोछन् नजिक योन्छन्मा खिम्ची (कोरियन खानाको परिकार) उत्पादन गरिने कम्पनीमा कार्यरत नेपालीलाई खुसीसाथ दसैं मनाउने अवसर मिलाइदिएको हो । कम्पनी साहुले नेपालीको कामको प्रशंसा गर्दै आर्शीवाद दिए । साथै साहुले स्वास्थ्यको ख्याल गर्न समेत नेपालीलाई सुझाव दिएका छन् ।

एक पुरुष र दुई महिला कार्यरत नेपाली कार्यरत कम्पनी संचालकले दक्षिणा स्वरूप जनही ५०/५० वन दिए । कोरियनले पनि मनाएको दसैंको भिडियो अहिले सामाजिक संजालमा सार्वजनिक भएको छ । उक्त भिडियो कोरियामा रहेका धेरै नेपालीले शेयर पनि गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.