नेपाल बंगलादेश बैंकद्वारा सहयोग

नेपाल बंगलादेश बैंकद्वारा सहयोग


काठमाडौः नेपाल बंंगलादेश बैंकले झापाको बिर्तामोडस्थित बिर्तामोड अपांगता स्वावलम्बन संस्थालाई विभिन्न इलेक्ट्रोनिक तथा फर्निचर सामग्री सहयोग गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो सहयोग गरेको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले उक्त सामग्री हस्तान्तरण गरेका छन् । बैंकले बिर्तामोड शाखा बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा एटीएम सेवासमेत सञ्चालनमा ल्याएको छ ।

उक्त एटीएम सेवाको उद्घाटन राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गरेका छन् । उक्त अवसरमा अपांगता स्वावलम्बन संस्थाका अध्यक्ष दीपक थापाले बैंकको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस किसिमको सहयोगको अपेक्षा रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.