अफगानिस्तानमा एकजना पत्रकारको गोली हानी हत्या

अफगानिस्तानमा एकजना पत्रकारको गोली हानी हत्या

क्वालात: अफगानिस्तानमा एकजना पत्रकारको हत्या भएको छ। दक्षिणी अफगान प्रान्तमा ती पत्रकारको हत्या भएको प्रहरीले जानकारी दिएको छ।

दक्षिण अफगान प्रान्त जाबुलको क्वालात सहरमा ती पत्रकारलाई अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेका हुन। हत्या भएका पत्रकार सरकारी रेडियो र टेलिभिजनका स्थानीय संवाददाताका रुपमा कार्यरत थिए।

उक्त नगरमा पत्रकार याकुबले आफ्नो सवारी साधनलाई सडक किनारामा राखेर स्थानीय किराना पसलमा सामान किन्न जान लाग्दा उनीमाथि कैयाैं राउन्ड गोली चलाइएको थियो। त्यस क्रममा उनीमाथि कैयाैं पटक गोली हानिएको छ, उक्त प्रान्तका प्रहरी प्रमुख जनरल मिरवाइस नुरजायीले जानकारी दिएका छन्।

उनको हत्यापछि आक्रमणकारी त्यहाँबाट भागेका थिए। त्यस हत्याको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन। प्रहरीले अनुसन्धान थालेको जनाएको छ। तर यसअघि पनि अफगानिस्तानमा सरकारी पत्रकारको हत्यामा तालिवानको हात रहने गरेकोले यस पटक पनि उनको हत्यामा तालिवानको हात रहेको अनुमान गरिएको छ।

अफगानिस्तानमा यसवर्षको पहिलो छ महिनामा मात्र कम्तीमा पनि दशजना पत्रकारको हत्या भएको पत्रकारको हकहितमा कार्यरत एक स्थानीय अधिकारवादी संस्थाले जनाएको छ।

अफगानिस्तानमा तालिवान हिंसा सुरु भएपछिको करिब डेढ दशकको समयमा कम्तीमा पनि ५० जना पत्रकार मारिएका छन्। यसै वर्षको जनवरी महिनामा मात्र एक टेलिभिजन नेटवर्कमा कार्यरत कम्तीमा पनि सातजना पत्रकारलाई एकै हमलामा हत्या गरिएको थियो। सो हमलामा परी अरु दर्जनौँ सर्वसाधारण सख्त घाइते भएका थिए। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.