म्यान्मार डुंगा दुर्घटनाः ३० को मृत्यु, सयभन्दा बढी मारिएको आशंका

म्यान्मार डुंगा दुर्घटनाः ३० को मृत्यु, सयभन्दा बढी मारिएको आशंका


यांगुनः म्यान्मारमा भएको एक डुंगा दुर्घटनामा ३० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं मानिस बेपत्ता भएको स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् ।

उक्त डुंगामा विद्यार्थी, शिक्षक र केही कामदार सवार रहेका बताइएको छ । शनिबार बिहानै भएको यस दुर्घटनाबाट १ सय ५४ व्यक्तिको उद्धार गरिएको छ । म्यान्मारको मोनिवा सहरबाट ७२ किलोमिटर उत्तरमा पर्ने जलक्षेत्रमा उक्त दुर्घटना भएको थियो । उद्धारकर्मीले सुरुमा पानीमा तैरिएका मृत शरीरको मात्र उद्धार गरिरहेकाले डुबेको डुंगा पानी बाहिर ल्याउँदा मृतकको संख्या १ सयभन्दा बढी पुग्ने अधिकारीले बताएका छन् ।

उक्त डुंगामा २ सय ४० देखि २ सय ५० जनासम्म सवार रहेको अनुमान गरिएको छ । डुंगामा विश्वविद्यालयका ७० देखि ८० जना विद्यार्थी, करिब ३० जना शिक्षक, केही चिकित्सक र १ सयभन्दा बढी व्यक्ति बीच बन्दरगाहमा चढेका जनाइएको छ । दुर्घटनापछि डुंगामा कार्यरत चारजना कर्मचारी कानुनी प्रक्रिया पूरा नगरेका आरोपमा पक्राउ परेका छन् ।

दुर्घटनाबाट बाँच्न सफल २७ वर्षीय एक विद्यालयका शिक्षिकाले बौद्धधर्मावलम्बीले मनाउने पर्वको आफ्ना एक वर्षीय छोरा र श्रीमान्सँग पारिवारिक यात्रा गरिरहेकामा आफ्ना छोराको मृत्यु भएको र श्रीमान्को अवस्था अज्ञात रहेको बताएकी छन् ।

उनले डुंगामा क्षमताभन्दा बढी यात्रु राखेकाले डुंगा डुबेको उनको दाबी छ । म्यान्मारमा डुंगा यात्रामा सुरक्षाको कमी र क्षमताभन्दा बढी यात्रु डुंगामा सवार हुनुले बारम्बार दुर्घटनाका कारण बन्न गरेकोे अधिकारीले बताएका छन् ।

पुल खस्दा ८ को मृत्यु

जकार्ताः इन्डोनेसियाको बालीमा पुल खस्दा ८ जनाको मृत्यु भएको छ । उक्त पुलले त्यहाँका दुईवटा टापुलाई जोड्ने गरेको थियो । हिन्दु मन्दिरमा भइरहेको कार्यक्रमका लागि जाँदै गरेका मानिसहरू दुर्घटनामा परेका थिए । नदीमा अत्यधिक पानी नभए पनि पुलले थिचिएर उनीहरूको मृत्यु भएको थियो ।

दुर्घटनामा ३० जना घाइते भएका छन् । उक्त पुलले नुसा लेंबोगन र नुसा क्यानिंगन टापुलाई जोड्ने गरेको थियो । आइतबार पनि इन्डोनेसियामा डुंगामा आगलागी हुँदा ४ जनाको मृत्यु भएको थियो । इन्डोनेसियामा १७ हजार पाँच सय द्वीप रहेका छन् । साना तर उच्चगतिमा चल्ने डुंगाले त्यस्ता हजारौं टापुलाई जोड्ने लोकप्रिय साधन हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.