सिविआईएल क्यापिटलमा स्वतन्त्र सञ्चालक नियुक्त

सिविआईएल क्यापिटलमा स्वतन्त्र सञ्चालक नियुक्त

काठमाडौः सिविआईएल क्यापिटल लिमिटेडले संस्थाको स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । संचालक समितिको बैठकले कमल विक्रम सिंह र भोला प्रसाद पाण्डेलाई आगामी २ वर्षको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

नेपाल धितोपत्र वोर्डबाट धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक, धितोपत्र प्रत्याभूति कर्ता शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापनको काम गर्ने साथै डि–म्याट खाता खोल्ने, शेयर अभौतिकीकरण गर्ने, सामुहिक लगानी कोषको प्रवद्र्धन गर्ने जस्ता लगानी कर्तासँग प्रत्यक्ष सरोकारका काम गर्न अनुमति प्राप्त भएको छ ।

कम्पनी सिटिजन्स बैंकको सहायक कम्पनी हो । काठमाडौं बाहिरका लगानी कर्ताले पुँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भै लगानी गर्न समस्या रहेको हालको परिस्थितीमा संस्थाले लगानी व्यवस्थापकको सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यलयबाट प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.