झापा र मनाङ अन्तिम आठमा

झापा र मनाङ अन्तिम आठमा

नारायणगढः चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको बुधबार सम्पन्न दुई खेलमा जित हात पार्दै मनाङ मस्र्याङ्दी क्लब र झापा-११ अन्तिम आठमा पुगेका छन् । मनाङ मस्र्याङ्दीले युनाइटेड क्लब सिवान भारतलाई ४-१ र झापाले नेपाल पुलिस क्लबलाई ३-२ गोलले पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

युनाइटेडविरुद्घको खेलको २५ औं मिनेटमा मनाङका ओलावलेले पहिलो गोल गरे । त्यसको दुई मिनेटपछि नै मनाङका विमल बस्नेतले अर्को गोल थपे । मनाङका लागि खेलको ५५ औं मिनेटमा ओलावलेबाट पुनः अर्को गोल गरे भने ८६ औं मिनेटमा साजन महर्जनले गोल थपे । युनाइटेडका लागि खेलको ३९ औं मिनेटमा रञ्जित आलेले एकमात्र गोल गरे ।

टिम कप्तान खेलको ७९ औं मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो । उक्त खेलमा मनाङ मस्र्याङ्दी क्लबका ओलावले म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । युनाइटेडलाई सहजै जितेको मनाङले क्वार्टरफाइनलमा चितवन-११ सँग प्रतिस्पर्धा गर्नेछ । कात्तिक १ गते भएको उद्घाटन खेलमा हिमालयन युथ क्लब कैलालीलाई हराउँदै चितवन-११ क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

झापा र नेपाल पुलिस क्लबबीच भएको दोस्रो खेलको २५ औं मिनेटमा झापाका विकास राईले पेनाल्टीको सदुपयोग गर्दै पहिलो गोल गरे । ४४ औं मिनेटमा पुलिसका लागि निरजकुमार राईले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याए । झापाका लागि ५९ औं मिनेटमा प्रशान्त मगर र ६६ औं मिनेटमा विकास लिम्बूले पनि एकएक गोल थपे । ७६ औं मिनेटमा पुलिसका जुमानु राईले गोल गरे पनि नतिजा झापाकै पक्षमा गयो ।

झापाको लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका विकास लिम्बू म्यान अफ दि म्याच बने । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । दोस्रो हाफमा आक्रामक देखिएको विभागीय टिम पुलिसको प्रयास जितका लागि पर्याप्त भएन । अर्को विभागीय टिम सशस्त्र प्रहरी क्लबले मंगलबारको खेलमा सहारा क्लबसँग हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको थियो । प्रतियोगितामा बाई पाउने एकमात्र टिम त्रिभुवन आर्मी क्लब भने सिधै अन्तिम आठमा पुगेको छ ।

बिहीबारको प्रिक्वार्टरफाइनल खेल मोरङ फुटबल क्लब र एपेक्स फुटबल क्लब कालिम्पोङ भारतबीच हुनेछ । उक्त खेलको विजेताले क्वार्टरफाइनलमा सहारा क्लब पोखराको सामना गर्नु पर्नेछ । विकास सिल्ड समिति नारायणगढले आयोजना गरेको प्रतियोगिताको मुख्य प्रायोजक टुबोर्ग बियर रहेको छ । प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.