एक्ससीएमसीको एक्साभेटर बजारमा
काठमाडौंः आईडीएमसी प्रालिले एक्ससीएमसीका एक्सई २१५ मोडेलका एक्साभेटर नेपाली बजारमा ल्याएको छ ।
चीनको एक्ससीएमसी ब्राण्डका २१.५ टन क्षमताका एक्साभेटरमा विख्यात जापानीज कम्पनी इसुजुको ईन्जिनका साथै जापानकै कावासाकी कम्पनीकै निर्माण रहेको छ ।
नेपालमा विक्री प्रारम्भ भएको अवसरमा प्रति एक्साभेटर खरिदमा एक जोडीलाई कम्पनीको फ्याक्ट्री अवलोकनसहित ५ रात ६ दिनको चीन भ्रमणको अवसर समेत उपलब्ध गराउने कम्पनीका प्रवन्ध निर्देशक पुरुषोत्तम सुवेदीले बताएका छन्। यो योजना १५ नोभेम्बर २०१६ सम्म लागु हुनेछ ।
कम्पनीका अनुसार नेपाली बजारमा एक्साभेटरको मूल्य ८५ लाख रुपैयाँ रहेको छ । विक्रीपछिको सेवाका लागि कम्पनीले भक्तपूरको सानोठिमीस्थित आफ्नै मर्मतसम्भार केन्द्रको स्थापना गरी चीनीयाँ विशेषज्ञ ईन्जिनियरसमेत उपलब्ध गराएको छ ।
एक्ससीएमसीको रोडरोलर, सोइल कम्प्याक्टर, डबल ड्रम कम्प्याक्टर, ब्याकहो लोडर, लोडर, मोटर ग्रेडर, मोबाइल क्रेन, लरी क्रेन, कोइलर क्रेन, डिजेलबाट चलाउन सकिने फोर्कलिफ्ट ट्रक, मोबाइल टावर क्रेनसमेत उपलब्ध रहेका छन्।