सिर्जनशील बन्यो यसपालिको दसैं

सिर्जनशील बन्यो यसपालिको दसैं

वर्षभरीको सबैभन्दा लामो छुट्टि दशैँ सबैले एकैनासले बिताउँदैनन् । दशैँका लागि आ-आफ्नै हिसाबले योजना बनाएका हुन्छन् । सिर्जनशीलहरूका लागि दशैँ नयाँ सिर्जना गर्ने सुनौलो मौका पनि हो ।

लेखक खगेन्द्र लामिछाने हरेक वर्ष दशैँमा स्याङ्जास्थित घर जान्छन् । हरेक दसैंमा उनी केही न केही नयाँ सिर्जना लिएर फर्कन्छन् । यसपाली घर गएका लामिछानेको टिका थिएन । दशैँको फुर्सदिलो समयलाई उनले चलचित्र ‘धनपति' लेखनमा खर्चिए । चलचित्रको ‘सेमिफाइनल ड्राफ्ट' दशैँभरीमा पुरा भयो ।

खानपान र डुल्नुमा भन्दा घरकै काममा व्यस्त रहन उनलाई मन पर्छ । भन्छन्, ‘सबैको आ आफ्नै रुची हुन्छ, लेखन कार्य नभएको बेलामा घर व्यवस्थापनमा भुल्छु ।' उनलाई घरकै सुन्तलाको बगैँचा स्याहार्न रमाइलो लाग्छ ।

रंंगकर्मी सृजना सुब्बाको दशैँ यसपाली अरु बेलाको भन्दा विशेष बन्यो । दशैँमा परिवारमा नयाँ सदस्यको आगमन भयो । भाइको सन्तान जन्मिएकाले पुरै परिवारले उल्लासपूर्ण दशैँ मनाए । भनिन्, ‘भाइको बच्चा हाम्रो लागि विशेष गिफ्ट भयो ।' उनीहरुको टिका लगाउने चलन छैन ।

तर आफन्त भेटघाटले दशैँलाई निकै रमाइलो बनाउने गर्छ । यसपटक सानो बच्चाकै कारण घरमा पाहुनाको आवतजावत अरु समयमा भन्दा बढि थियो । भन्छिन्, ‘सबै आफ्नै संसारमा व्यस्त हुन थालेका छन्, दशैँमा त बिर्सिसकेको मान्छेहरु पनि भेट भयो, त्यहि नै सबैभन्दा रमाइलो पक्ष बन्यो ।'

अर्का रंगकर्मी राज शाहको दशैँ झनै विशेष बनेछ । ‘काठमाडौँ खाल्डोको दशैँ कस्तो हुनु र ? ' भन्दै दशैँको एक दिन पनि खेर फालेनछन् । कामको बोझले धेरै दौडधुप भइरहको समयमा दशैँले आराम गर्ने मौका दियो । यो समय पुस्तक पढेरै बिताएछन् । ‘ऐना', ‘हारी', ‘फुलानी', कथासंग्रह, केहि नाटकहरु पढे । केहि छुटेका चलचित्र हेरे ।

लेख्दै गरेको नाटकलाई पनि यहि मौकामा बिट मारे । काठमाडौँमा बस्दैमा दशैँ नरमाइलो त के हुन्थ्यो र । राजले भक्तपुर, खोकना, हाँडी गाउँ र पाटनका जात्रा हेरे । भने, ‘जात्रामा जान खुब मन पर्छ, यी चार ठाउँको जात्रा चाहिँ छुटाउनै हुन्न ।' काठमाडौँको सबैभन्दा राम्रो पक्ष भनेकै यस्तै साँस्कृतिक क्रियाकलाप हुन् ।

अभिनेत्री वर्षा राउतको दशैँ पनि रमाइलो बितेछ । उनी यसपाली कजन दाजुको बिहेको रमझममा दशैँ बित्यो । सधैँ दशैँमा चँगा उडाउने, तास खेलेर रमाइलो गर्ने गर्थिन् । तासमा जुटपत्ती भन्दा अरु खेल्न जान्दिनन् । यसपाली बिहेकै चटारोले तास पनि त्यति खेलिनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.