कापीमा लेखे सरह एन्ड्रोइडमा टाइप

कापीमा लेखे सरह एन्ड्रोइडमा टाइप

भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कको कार्यालयमा आफ्नो एन्ड्रोइड फोनमा फेसबुक चलाउँदै थिएँ । साथीभाइले हालेका रमाइला पोस्टहरू, ट्रोलहरू हेरेर न्युजफिडमा हराउँदै थिएँ ।

त्यत्तिकैमा थाहा भयो कि एउटा नजिकको साथीको जन्मदिन रहेछ । छोटो मीठो केही कुरा लेखिदिनुपर्‍यो भनेर उसको फेसबुक प्रोफाइल खोलेँ अनि शुभकामना सन्देश लेख्दै गएँ । त्यत्तिकैमा एकजना व्यक्ति नजिक आएर मलाई सोधे ‘सुन्नुस् न, फनपार्कको मुख्य अफिस यही हो ? ' मैले पनि सानो स्वरमा ‘हजुर, हो' भनेँ ।

कार्यालयमा कामबस आएका ती व्यक्ति मेरै छेउ, सोफामा बसे । म पुनः मेरो फोन चलाउनतिर लागेँ । ‘जन्मदिनको साथीलाई धेरैधेरै शुभकामना । यो साल धेरै प्रगति उन्नति भएको देख्न पाइयोस् ।' यति लेखेर उसको फेसबुक टाइमलाइनमा पोस्ट गरिदिएँ ।

मैले फटाफट नेपालीमा टाइप गरेको, मेरै छेउमा बसेका ती व्यक्तिले नियाल्दै रहेछन् । उनले झट्टै सोधे ‘तपाईंले भर्खरै, मोबाइलको स्क्रिनमा, कापीमै लेखेजस्तो गरेर कसरी टाइप गर्नुभयो ? ' यस्तो प्रश्न अरू धेरैको मनमा पनि उब्जिन सक्छ ।
त्यसका लागि ‘गुगल प्ले स्टोर'मा गएर खोज्ने हो भने धेरै एप्लिकेसन्स भेटिन्छन् ।

तर, कापीमा कलमले लेखे जसरी नेपालीमा टाइप गर्न मिल्ने एप्लिकेसन निकै थोरै छन् । तीमध्ये धेरै प्रयोगकर्ता भएका र सबैभन्दा उपयोगी एप ‘गुगल ह्यान्डराइटिङ इन्पुट' नै हो । गुगलले डेभलप गरेको यस एपको प्रयोगले नेपाली साथै अन्य ९६ भाषामा छिटो र छरितो रूपमा टाइप गर्न सकिन्छ । यसले समयको बचत गर्नुका साथै, आफूले चाहेको शब्द सजिलै लेख्न सहयोग गर्छ ।

आफ्नो एन्ड्रोइड फोनदेखि गुगल प्ले स्टोरमा गएर, ‘गुगल ह्यान्डराइटिङ इन्पुट' खोजी फ्रिमा डाउनलोड गरेर इन्स्टल गर्न सकिन्छ । एप इन्स्टल भइसकेपछि ह्यान्डराइटिङ इन्पुटलाई इनेवल गरेर किबोर्ड सेलेक्ट गर्नुपर्ने हुन्छ ।

त्यसपछि, कन्फिगर ल्याङ्वेजमा गएर नेपाली भाषा छान्ने । लगभग ६ एमबी साइजको नेपाली ल्याङ्वेज प्याक डाउनलोड भएपछि, एन्ड्रोइड फोनमा सजिलै नेपाली भाषा टाइप गर्न सकिन्छ ।

यस एपले दुवै प्रिन्टेड र कर्सिभ ह्यान्डराइटिङ सजिलै चिन्न सक्छ । सामान्य नेपाली टाइपिङ नआउनेलाई केही नेपाली शब्द टाइप गर्न गाह्रो हुन्छ । तर ठ्याक्कै कापीमा लेखे जस्तो गरी प्रयोग गरिने हुनाले, यो एपमार्फत आफूले चाहेकै शब्द लेख्न सकिन्छ । इमोजीहरूको प्रयोग त झनै सजिलो छ । इमोजी छानी राख्नुभन्दा, सीधै इमोजीको चित्र कोर्दा पुग्छ ।

हालसम्म एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टमका लागि मात्रै उपलब्ध ‘गुगल ह्यान्डराइटिङ इन्पुट' ५० लाखभन्दा धेरै एन्ड्रोइड प्रयोगकर्ताले प्रयोग गरिसकेका छन् । कम्तीमा एन्ड्रोइड भर्जन ४.०.३ को आवश्यकता पर्ने यो एप एन्ड्रोइड ‘एन' कम्प्याटिबल छ ।

ट्वीटर- RlamsalNP


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.