माओवादीले लोकमानविरुद्धको महाअभियोग प्रस्तावका पक्षमा मतदान गर्ने

माओवादीले लोकमानविरुद्धको महाअभियोग प्रस्तावका पक्षमा मतदान गर्ने

काठमाडौंः सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका पक्षमा मतदान गर्ने भएको छ।

आइतबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको केन्द्रका नेता एवं सांसद अग्निप्रसाद सापकोटाले जानकारी दिए।

वैठकले आफ्नो सबै सांसदहरुलाई महाअभियोग प्रस्तावका पक्षमा मतदान गर्न समेत निर्देशन दिएको सापकोटाले बताए। बैठकमा अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता भएको कार्कीविरुद्धको महाअभियोग प्रस्तावका पक्षमा उभिनु पर्ने भन्दै सबै सांसदलाई पक्षमा मतदान गर्न निर्देशन दिएका थिए।

संसदमा माओवादी केन्द्रकै सांसद महेन्द्रबहादुर शाहीको अग्रसरतामा महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपनि सरकारको नेतृत्वकर्ता दल माओवादीले औपचारिक निर्णय गर्न सकेको थिए। शनिवार बसेको माओवादी केन्द्रको हेडक्वाटर बैठकले कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो।

गत बुधबार माओवादी केन्द्र र एमालेका एक सय ५७ जना सांसदले अख्तियार प्रमुख कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.