ओबीआईको नयाँ स्मार्टफोन बजारमा
काठमाडौः ओबीआई वल्र्डफोनको नेपालका लागि आधिकारिक वितरक स्टार्क टेकलले आफ्नो नयाँ स्मार्टफोन एमभी वान नेपाली बजारमा सार्वजानिक गरेको छ । अमेरिकन स्मार्टफोन उत्पादक कम्पनी ओबीआईले ग्राहकको मागलाई ध्यानमा राख्दै आकर्षक डिजाइका साथ नयाँ मोडल बजारमा ल्याएको हो
मिड रेन्जको स्मार्टफोनका रूपमा बजारमा आएको यस फोनमा ७२०ह१२८० पिक्सेलसहित पाँच इन्चको एचडी आईपीएस डिस्प्ले रहेको छ । गोरिल्ला ग्लास थ्रिद्वारा सुरक्षित गरिएको यस फोनमा दुई जीवी र्यामका साथै १६ जीवी रोम रहेको छ ।
एन्ड्रोइड ललीपप ५.१ भर्सनकासाथ क्यानोेजेन अपरेटिङ सिस्टम रहेको यो स्मार्टफोनमा १.३ गिगाहर्जको क्वाड कोर क्वालकम स्न्यापड्रयागन रहेको कम्पनीले जनाएको छ । ८ मेगापिक्सेलको रियर क्यामरा रहेको यस फोनमा २ मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामरा छ ।
यस फोनमा २५ सय एमएएचको ब्याट्री राखिएको छ । कम्पनीका अनुसार यो स्मार्टफोनको बजार मूल्य १५ हजार ६ सय ९९ रहेको छ । कम्पनीले यो फोनको खरिदमा ग्राहकलाई दसैं-तिहार योजनामा सहभागी हुने मौका दिनेछ ।
कम्पनीले दसैं तिहारमा ‘किनौं ओबीआई यो दसैं तिहार पाऔं हरेक दिन उपहार’ नामक योजना ल्याएको छ । उक्त योजनामा ग्राहकले ओबीआई स्मार्टफोन खरिद गरी हरेक दिन होन्डाको डियो स्कुटर, सुनको सिक्का र फिलिप्स एलईडी टीभीमध्ये कुनै एक प्राप्त गर्नेछन् ।
असोज १६ गतेबाट सुरु भएको यो योजना मंसिर ४ गतेसम्म चल्नेछ । यस योजनाभरी ग्राहकले होन्डाका तीनवटा डियो स्कुटर, २३ वटा सुनको सिक्का र २३ वटा फिलिप्स एलईडी टीभी पाउने कम्पनीले जनाएको छ ।