सिजीले ल्यायो दुई मोडलका नयाँ स्मार्टफोन

सिजीले ल्यायो दुई मोडलका नयाँ स्मार्टफोन

काठमाडौं: सिजी मोबाइल कम्पनीले नयाँ दुई स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले इओन ब्लेजसिरिज अन्तर्गतका इओन ब्लेज सिक्स र इओन ब्लेज प्रो गरी दुई मोडलका मोबाइल नेपाली बजारमा भित्र्याएको छ।

कम्पनीले बजारमा ल्याएको इओन ब्लेजमा ६ इन्चको एचडी डिस्प्ले छ। फोनमा १३ मेगा पिक्सलको रियर र सेल्फीका लागि ५ मेगा पिक्सलको क्यामेरा जडान छ। यो स्मार्टफोनमा नयाँ प्रविधि र विशेषताहरु पनि छन्।

एन्ड्रोइड भर्सनको स्मार्टफोनमा २८ सय एमएएच पावरको ब्याट्री छ। एक जीबी र्‍याम छ भने १६ जीबी इन्टर्नल स्टोरेज क्षमता छ। यो मोबाइलको कम्पनी मूल्य ११ हजार १ सय ११ रुपैयाँ तोकिएको छ।

 

यसैगरी इओन ब्लेज प्रोमा भने ५.५ इन्चको डिस्प्ले छ। यो स्मार्टफोनमा १३ मेगा पिक्सलको रियर र ५ मेगा पिक्सलको फ्रन्ट क्यामेरा छ।

२४ सय एमएएच पावर ब्याट्री रहेको मोबाइल सेटमा १ जीबीको र्‍यामको साथमा १६ जीबीको इन्टर्नल स्टोरेज क्षमता छ। यो स्मार्टफोन नेपाली बजारमा मूल्य ९ हजार ६ सय ९९ रुपैयाँमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.