नेपाल टेलिकमलाई ‘फोर जी’ सेवा सञ्चालनको अनुमति

नेपाल टेलिकमलाई ‘फोर जी’ सेवा सञ्चालनको अनुमति

काठमाडौं: नेपाल टेलिकमले ‘फोर जी’ सेवा सञ्चालनको लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पाएको छ ।अब टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्ड मार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्न पाउने भएको हो ।

यो सँगै टेलिकमले अब १० मेगाहर्जबाट ‘टु जी’ र ‘थ्री जी’ सेवालाई निरन्तर गर्ने छ भने ५ मेगाहर्जबाट ‘फोर जी’ सञ्चालन गर्ने छ । प्राधिकरणका अध्यक्ष दिगम्बर झाका अनुसार देशैभन्दा अघिनै प्राधिकरणले टेलिकमलाई ‘फोर जी’ सेवा संचालकनको लागि आवश्यक कार्ययोजना माग गरेको थियो । उक्त कार्ययोजनाको आधारमा प्राधिकरणले टेलिकमलाई ‘फोर जी’ सेवाको लागि अनुमति प्रदान गरेको हो ।

टेलिकमले प्राधिकरणलाई दिएको कार्ययोजनामा दुई महिना भित्र काठमाडौं र पोखरामा ‘फोर जी’ सेवा संचालनमा ल्याउने जनाएको छ । अबको दुई महिनामा टेलिमकले काठमाडौं र पोखराबाट ‘फोर जी’ सेवा संचालनमा ल्याउने विश्वास रहेको झाले बताए ।

यता एनसेल भने ‘फोर जी’ सेवाको लागि अनुमति अहिले पाएको छैन् । झाका अनुसार एनसेल सँग आवश्यक फ्रिक्वेन्सी नहुँदा यस्तो समस्या आएको हो । तर यो समस्या धेरै लामो नहुने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.