संविधान संशोधनले मात्र देशको हितगर्छः उपराष्ट्रपति पुन

संविधान संशोधनले मात्र देशको हितगर्छः उपराष्ट्रपति पुन

धरानः उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्यनका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् । आइतबार धरानमा आयोजित गुरुङ तमुहरुको प्रथम ऐतिहासिक सार्क सम्मेलनको उद्घाटन गर्दै पुनले संविधान संशोधनको माध्यमबाट मात्र संविधानको पूर्ण कार्यान्ययन हुने र देशको हित हुनेबताएका हुन्।

उनले सबै राजनीतिक दललाई एक ठिक्का भएर देशको हितमा लाग्न पनि आग्रह गरेका छन् । असन्तुष्ट पक्षको जायज मागलाई सम्बोधन गरी सरकार पक्ष र प्रतिपक्ष सबै एक भएर संविधान संशोधन गरी संविधानको पूर्ण कार्यान्यनका लागि एकजुट हुनुपर्ने उनको भनाइ छ ।

उपराष्ट्रपती पुनले सरकारले संविधानको पूर्ण कार्यान्यन गराउन २०७४ साल माघ ८ गतेसम्ममा प्रदेश, केन्द्र र स्थानीय तहको निर्वाचन अनिवार्य गराउनुपर्ने बाध्यता रहेको समेत बताए ।

गुरुङ जातीको पहिचान र अतित्वको संरक्षण गर्ने उदेश्यले आयोजना गरिएको प्रथम ऐतिहासिक सार्क सम्मेलनमा नेपाल, भुटान, बर्मा, भारत, मलेसिया, बेलायत, हङकङ लगायतका देशमा रहेका गुरुङ बुद्धिजीविको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.