टेलिकमलाई ‘फोरजी’ सेवाको अनुमति

टेलिकमलाई ‘फोरजी’ सेवाको अनुमति

काठमाडौं नेपाल टेलिकमले दूरसञ्चार प्राधिकरणबाट फोरजी सेवा सञ्चालनको अनुमति पाएको छ । प्राधिकरणले टेलिकमलाई १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत फोरजी सेवा सुरु गर्ने अनुमति प्रदान गरेको हो ।

यससँगै टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्न पाउने प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए । उनका अनुसार प्राधिकरणको शुक्रबारको बोर्डको निर्णयले टेलिकमलाई फोरजी सेवाको अनुमति दिने भनी फाइल अघि बढाइएको हो । यससँगै अब टेलिकमलाई फोरजीका लागि आवश्यक उपकरण खरिदको बाटो खुलेको छ ।

दसैंभन्दा अघि प्राधिकरणले टेलिकमसँग फोरजी सेवा सञ्चालनका लागि आवश्यक कार्ययोजना माग गरेको थियो । कार्ययोजनाका आधारमा प्राधिकरणले टेलिकमलाई फोरजी सेवाको अनुमति प्रदान गरेको हो । कार्ययोजनामा टेलिकमले मंसिर अन्तिमसम्म फोरजी सेवा सञ्चालनमा ल्याइसक्ने कार्ययोजना प्राधिकरणलाई बुझाएको टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले बताएकी छन् ।

तर, प्राधिकरणले टेलिकमलाई पुस १५बाट व्यावसायिक रूपमा फोरजी सेवा सञ्चालनको अनुमति प्रदान गरेको छ । टेलिकमले अब १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोरजी सेवा सञ्चालनमा ल्याउनेछ । त्यसमा टेलिकमले १० मेगाहर्जको फ्रिक्वेन्सीमा टुजी र थ्रीजी सेवालाई निरन्तरता दिनेछ भने ५ मेगाहर्जबाट फोरजी सञ्चालन गर्नेछ ।

पहिलो चरणका लागि सहरी क्षेत्रमा फोरजी सेवालाई प्रथामिकताका साथ विस्तार गरिनेछ । ‘टेलिकमले बुझाएको कार्ययोजनामा समेत अनुमति पाएको दुई महिनाभित्र काठमाडौं र पोखराका सहरी क्षेत्रमा फोरजी सेवा सुरु गर्दै विस्तारै देशभर विस्तार गर्ने उल्लेख गरेका थियौं,’ प्रवक्ता बैद्यले भनिन् ।

उनका अनुसार टेलिकमलाई आधिकारिक रूपमा सेवा कहिलेबाट सञ्चालनमा ल्याउने भनी कुनै सूचना आएको छैन । सूचना आएसँगै टेलिकमले आफ्नो कार्य सुरु गर्नेछ ।

टेलिकमले फोर जी सेवा सञ्चालन गर्न पाए पनि निजी क्षेत्रका एनसेललगायत कम्पनी भने अनुमतिको पखाईमा छन् । 

प्रवक्ता बैद्यका अनुसार टेलिकमले सञ्चालनमा ल्याउने फोरजी सेवा ३० एमबीपीएसको गतिमा डाटा उपलब्ध हुनेछ जुन थ्रीजीको तुलनामा दोब्बरभन्दा पनि बढी हो । किनभने हामीले प्रयोग गर्दै आएको थ्रीजी सेवा १४ एमबीपीएसको गतिमा डाटा उपलब्ध थियो । यसको मूल्य कति लाग्ने भन्ने कुरा भने टुंगो लागि नसकेको प्रवक्ता बैद्यले बताइन् ।

टेलिकमले फोरजी सेवा सञ्चालन गर्न पाए पनि निजी क्षेत्रका एनसेललगायत कम्पनी भने अनुमतिको पर्खाइमा छन् । सेवा सञ्चालनका लागि एनसेलले टेलिकमसँगै प्रस्ताव पेस गरे पनि फ्रिक्वेन्सीको अभावमा अहिले फोरजी सेवा सञ्चालनको अनुमति पाउन नसकेको अध्यक्ष झाले बताए ।

उनका अनुसार एनसेलसँग अहिले ११ मेगाहर्जमात्र फ्रिक्वेन्सी छ जुन फोरजी सञ्चालनका लागि अपुग हुन्छ । फोरजी सेवाका लागि कम्तीमा १५ मेगाहर्जको फ्रिक्वेन्सी आवश्यक पर्छ । टेलिकमले भने पहिले नै १५ मेगाहर्जबाट सेवा दिँदै आएको थियो ।

एनसेललाई आवश्यक थप फ्रिक्वेन्सी प्रदानका गर्न कार्यविधि निर्माण भइरेहेको छ । फ्रिक्वेन्सी कति उपलब्ध हुन्छ त्यसका आधारमा एनसेललाई फ्रिक्वेन्सी प्रदान गरिनेछ । इन्फो टेलिकमले फोरजी सेवा सञ्चालन गर्न पाए पनि निजी क्षेत्रका एनसेललगायत कम्पनी भने अनुमतिको पर्खाइमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.