प्रहरीसँगको भिडन्तमा १८ माओवादी मारिए

प्रहरीसँगको भिडन्तमा १८ माओवादी मारिए

आन्द्रप्रदेशः भारतको आन्द्रप्रदेशस्थित ओडिसाको सीमा क्षेत्रमा भएको भिडन्तमा १८ माओवादी कार्यकर्ताको मृत्यु भएको प्रहरीले दाबी गरेको छ ।

विशाखापत्तनमका बरिष्ठ प्रहरी अधिकारी राहुल देव शर्माले आन्ध्रप्रदेश प्रहरीको विशेष दल ‘ग्रेहाउन्ड’ तथा ओडिशा प्रहरीको संयुक्त कारबाही भएको बताएको बीबीसीले जनाएको छ ।

भिडन्त ओडिशाको मलकानगिरी जिल्लास्थित कियासिर बेगानगीको जंगलमा भएको थियो ।

भिडन्तपछि घटनास्थलमा अधिकमात्रामा हातहतियार तथा गोलाबारुद बरामद भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट चार थान एके ४७ राइफल, दुई थान एसएलआर तथा दुई इन्सास राइफललगायतका हतियार बरामद भएको प्रहरीले जनाएको छ ।

भिडन्तमा अन्य केही माओवादी छापामारलाई गोली लागेको प्रहरीको आशंका छ । उनीहरु घटनास्थलबाट भाग्न सफल भएका छन् ।

अहिले घटनास्थल रहेको जंगललाई सुरक्षाकर्मीले पूर्ण रुपमा घेरबन्दी गरी नियन्त्रणमा लिएका छन् । माओवादी छापामारको खोजी कार्य जारी रहेको छ । भिडन्तमा केही सुरक्षाकर्मी घाइते भएको बताइएपनि यकिन विवरण आउन बाँकी छ ।

ओडिशाको मलकानगिरी इलाका, छत्तीसगढ तथा आन्ध्रप्रदेश माओवादीको गढ इलाका मानिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.