चार वर्षपछि इजिप्टमा नेपाली राजदूत नियुक्त

 चार वर्षपछि इजिप्टमा नेपाली राजदूत नियुक्त

काठमाडौंः नेपालले चार बर्षको अन्तरालपछि इजिप्टमा राजदूत नियुक्त गरेको छ। परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्याल इजिप्टका लागि नेपाली राजदूतमा सोमबार नियुक्त भएका हुन्।

राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अर्याललाई सोमबार इजिप्टका लागि राजदूत पदमा नियुक्त गरेको शीतलनिवासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। सहसचिव अर्याल दुई वर्षयता मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखा प्रमुख थिए।

विगत ३० वर्षदेखि परराष्ट्र सेवामा आबद्द सहसचिव अर्याल सोमबार देखि नै सेवा निवृत्त पनि भएका छन्। इजिप्टले सरकारले त्यहाँका लागि प्रस्तावित नेपाली राजदूत अर्यालको नाममा गतसाता सहमति (एग्रिमो) पठाएको थियो। तत्कालीन राजदूत श्यामलाल तबदारको हार्ट एट्याकका कारण २०६९ मंसिरमा कायरोस्थित दूतावासमा निधन भएको थियो।

त्यस यता कायरोस्थित दूतावास प्रमुख विहिन रहदै आएको थियो। अधिकृत र सुब्बा स्तरका कर्मचारीको भरमा दूतावास संचालन हुंदै आएको थियो । गत बैशाखमा सरकारले अर्याललाई इजिप्टका लागि राजदूत नियुक्तीका लागि सिफारिस गरेको थियो।

नेपाल र इजिप्टबीच सन् १९५७ जुलाई १६ मा कुटनीतिक संबन्ध स्थापित भएको थियो। नेपालले सन् १९६६ मा कायरोमा र इजिप्टले सन् १९७० मा नेपालमा आवासिय दूतावास स्थापना गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.