संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौंः यादव

संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौंः यादव

जनकपुरधामः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमार्फत आफूहरुका माग सम्बोधन गर्न सरकारले आलटाल गरे मधेसी गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।

सोमबार जनकपुरमा तराई–मधेस प्रदेश कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले संविधानलाई संशोधनका लागि सरकारले आफूहरुसँग सहमति गरेको र त्यसकै आधारमा सरकारलाई समर्थन गरेको स्पष्ट पारे। उनले सरकारले आफूहरुका मुख्य मुद्दा बिर्सिए यसको हविगत पनि एमाले नेतृत्वको सरकार झैं हुने बताए।

संविधान त्रृटिपूर्ण रहेको र यसलाई संशोधन नगरिए कार्यान्वयन हुन नसक्ने कुरालाई अहिले आएर संविधान बनाउने शक्तिहरुले पनि स्वीकार्य गरिसकेको अवस्थामा सर्वस्वीकार्यता बनाउन संशोधन आवश्यक रहेको यादवको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.