एलजीको भीआरएफ एसी बजारमा

एलजीको भीआरएफ एसी बजारमा

काठमाडौः नेपालको एयर कन्डिसनर (एसी) उत्पादन कम्पनी एलजी नेपालमा चौथो जेनेरेसनको एसी उत्पादन गर्ने पहिलो कम्पनी भएको छ । पहिलो कम्पनीको रूपमा रहेको एलजीले अहिले बजारमा भेरिएवल रेफ्रिजेरेटर फ्लो (भीआरएफ) एसीको रूपमा आफ्नो नयाँ उत्पादन प्रस्तुत गरेको छ ।

नेपालका लागि एलजी इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले यसलाई भित्र्याएको हो । चौथो जेनेरेसनका रूपमा कम्पनीले ‘मल्टी भी फोर' एसीलाई बजारमा ल्याएको छ ।

चौथो जेनेरेसनका पुराना एसीको तुलनामा कम्पनीले मल्टी भिलाई प्रविधिमैत्री एसीको निमार्ण गरेको एलजी इलेक्ट्रोनिक्स नेपालका नायव प्रबन्धक विवेक ज्ञवालीले बताए । उनका अनुसार नेपालमा सीजीको सतुङ्गलस्थित इलेक्ट्रोनिक कार्यालय, चितवनको मेघौलीस्थित रिसोर्टमा, केसर मल र नेपाल एसबीआई बैंकमासमेत यो एसी जडान भईसकेको छ ।

सन् १९६८ बाट एसी निमार्ण गर्न थालेको कम्पनीले अहिलेसम्म आइपुग्दा आपूmलाई विश्वका अन्य विभिन्न ब्रान्डको माझमा अब्बल सावित गरिसकेको छ । विन्डोज एसी, स्प्लीट एसी, सेन्ट्रल एसी प्रणालीमासमेत एसी निमार्ण गरेको कम्पनीले अहिले भीआरएफ प्रणालीका नयाँ एसी बजारमा भित्र्याएको हो ।

विशेषगरी ठूला व्यावसायिक भवन, कर्पोरेट हाउस, बैंक, अस्पताल तथा औद्योगिक कलकारखानामा यो बढी प्रभावकारी हुने ज्ञवालीले बताए । उनका अनुसार कम्पनीले भीआरएफ एसी आफै प्रयोग गर्दै आएको छ । यो स्प्लीट एसीको तुलनामा केही फरक रहेको छ ।

अहिले प्रयोग गर्दै आएको स्प्लीट एसीमा कोठा भित्र एसी हुन्छ र त्यसलाई चलाउन बाहिर एउटा छुट्टै बक्स राखिएको हुन्छ । त्यसले ठुल्ठूला मल, होटेल, हाउँजीङलगायत स्थानको सुन्दरतालाई घटाउछ । तर भीआरएफ एसीलाई घरको छत, बगैंचा वा अन्य कुनै स्थानमा राखेर पाइपमार्फत एकैपटक सयभन्दा बढी कोठामा एसी सञ्चालन गर्न सकिन्छ । आउट डोरमा राखिएको केन्द्रीय युनिटबाट नै सबै कोठामा तापक्रमको सन्तुलन मिलाउन सकिन्छ । यसको पाइपलाई एक हजार मिटर परसम्म पनि पुर्‍याउन सकिने उनको भनाइ छ ।

ज्ञवालीका अनुसार भीआरफ प्रणालीबाट कोठाको तापक्रम नियन्त्रण गर्न आवश्यक ग्यासको मात्रालाई नियन्त्रण गरेर कोठालाई आवश्यक मात्रामा तातो-चिसो बनाउछ । पछिल्लो समय बजारमा भीआरएफ प्रणालीका विभिन्न कम्पनीहरू भित्रिएका छन् । त्यसमा एलजीको एसी बिजुली कम खपत गर्ने एसीको रूपमा विश्व बजारमा चिनिएको कम्पनीको दाबी छ ।

अन्य ब्रान्डको तुलनामा यसले २० प्रतिशत कम बिजुली खपत गर्नेछ । सायद यसैले पनि होला एलजीले भीआरएफ ब्रान्डको नम्बर वान एसी भएको दाबी गरेको छ । यसको कार्यक्षमता अन्य कम्पनीको तुलनामा चार गुणा बढी रहेको ज्ञवाली बताउँछन् । उनका अनुसार जडानका साथै प्रयोगमा समेत सहज रहेको एलजीका एसीमा आफ्नै ‘हाइ प्रेसर अल रिटर्न' प्रणालीको प्रयोग गरिएको छ ।

यसमा प्रयोग भएको कम्प्रेसर पूर्णरूपमा इन्भटर कन्ट्रोल छ । साउन्डको हिसाबले एलजीले विश्व किर्तिमान नै कायम गरेको ज्ञवालीको भनाइ छ । उनका अनुसार एलजीका एक टन एसीमा १९ डेसिबलभन्दा कम आवाज दिने क्षमता छ जुन हाम्रो कानले नसुन्य हुन्छ । एसीमा भ्याकुर इन्जेक्सन र ६ वटा वाइपास भल्वसहितको प्रविधि जडान गरिएको छ । यसले ८० एचपीसम्मको क्षमता प्रदान गर्नेछ ।

कम्पनीले अहिले प्रमोसनल प्राइजको रूपमा एसीको बिक्रीवितरण गरिरहेको छ । नेपाली बजारमा चार एचपीदेखि ८० एचपी क्षमता भएका एसी उपलब्ध छन् । ज्ञवालीका अनुसार एक टनको एसीको जडान खर्च करिब एक लाख २५ हजार पर्छ । यो सामान्य बेडरूम वा कार्यालय कोठाका लागि उपयुक्त हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.