महिन्द्राको सर्भिस सेन्टर गौंशालामा
काठमाडौः महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवर्कस्ले गौंशालामा इलाईट अटोमोवाइल्स प्रालि सञ्चालनमा ल्याएको छ ।
गौंशलाको पिंगलास्थानमा अवस्थित उक्त सर्भिस सेन्टरको उद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गरेका हुन् । बालाजु अटोवर्कस्ले आफ्ना ग्राहकलाई सहज होस् भन्ने उद्धेश्यका साथ गौंशालामा नयाँ सर्भिस सेन्टरको स्थापना गरेको जनाएको छ ।
अन्य सर्भिस सेन्टरको तुलनामा यस सेन्टरमा आधुनिक प्रविधिबाट सर्भिस गराईनुका साथै आवश्यक पाटपुर्जा पनि उपलब्ध छन् । दक्ष जनशक्तिबाट हप्ताको सातै दिन, २४ सै घण्टा सेवा उपलब्ध हुनेछ । सर्भिस सेन्टर आइनपुग्दै कुनै स्थानमा गाडी बिग्रिएमा उक्त स्थानमा गई सेवा दिने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ । साथै उद्घाटनको अवसर पारेर कम्पनीले बुधबारदेखी शुक्रबारसम्म निःशुल्क सर्भिस क्याम्पको व्यवस्थासमेत गरेको छ ।