तिनाउ बैंकको साधारण सभा

तिनाउ बैंकको साधारण सभा


काठमाडौः तिनाउ विकास बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
उक्त अबसरमा बैंकका अध्यक्ष राजेन्द्रप्रसाद ओझाले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७२÷७३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । सभाले २०७२/७३ को मुनाफाबाट २७ करोड ३० लाख ९६ हजार २ सय पचास रुपैयाँको २५ प्रतिशतले हुन आउने ६ करोड ८२ लाख ७४ हजार ६२ रुपैयाँ बरावर बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

कर प्रयोजनार्थ १.३१ प्रतिशतले नगद लाभांस वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । उक्त स्वीकृत वोनस शेयर वितरण गरेपश्चात बैंकको चुक्ता पुँजी ३४ करोड १३ लाख ७० हजार पुग्ने छ । साथै ३५ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतीबाट पारित भएको छ ।

रुपन्देही, नवलपरासी र चितवन गरी तीन जिल्ला कार्यक्षेत्र भएको यस बैंकले केन्द्रिय कार्यालयसहित एघार वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले एटिएम, रेमिटेन्स, लकर, एनी ब्रान्च बैंकिङ सेवाका साथै विहानी तथा सन्ध्याकालिन काउन्टर पनि सञ्चालनमा ल्याएको छ ।

बैंकले एसएमएस बैंकिङ, नेपाल टेलिकमको पीएसटीएन, एडीएसएल, प्रिपेड तथा पोष्टपेट मोबाइलको बिल भूक्तानीजस्ता सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.