नेको इन्स्योरेन्सको २० प्रतिशत बोनश सेयर

नेको इन्स्योरेन्सको २० प्रतिशत बोनश सेयर

काठमाडौः नेको इन्स्योरेन्स लिमिटेडले २० प्रतिशत बोनश सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष २०७२/०७३ को नाफाबाट २० प्रतिशत बोनश सेयर दिने प्रस्ताव गरेको हो ।

साथै वार्षिक साधारण सभाले पारित गरेको १ बराबर १ का दरले हकप्रद सेयर धितोपत्र बोर्डबाट स्वीकृतीको क्रममा रहेको छ । विगत २० वर्षदेखि निर्जीवन बिमा व्यवसायमा संलग्न यस कम्पनीले नयाँ व्यवस्थापनपश्चात डेढ वर्षको अवधिमा व्यवसायमा बृद्धि गरि ९१ करोडको व्यवसाय गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक, कोष व्यवस्थापन कम्पनी लगायतका बैंक र महतो ग्रुप, विनायक ग्रुप समेतको लगानी भएको यस कम्पनी हाल बीमा क्षेत्रमा अग्रणी स्थान बनाउने योजनामा छ । उक्त योजनाअन्तर्गत कम्पनीले गतवर्ष ६ वटा शाखा कार्यालय थप गरी २६ शाखा पुर्‍याएको छ भने कम्पनीले आफ्नो पुँजी सय करोड पुर्‍याउने घोषणा गरीसकेको छ ।

साथै कम्पनीले व्यवसाय ४० प्रतिशतले बृद्धि गर्ने लक्ष्यसमेत लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.