बुध्द एयरको हवाई सुरक्षा सुपरीवेक्षण

बुध्द एयरको हवाई सुरक्षा सुपरीवेक्षण

काठमाडौः अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ)ले आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरको हवाई सुरक्षाको सुपरीवेक्षण गरेको छ । गत असोज १० देखि १२ गतेसम्म सञ्चालित सुपरीवेक्षणमा बुद्ध एयरका विभिन्न हवाई सुरक्षा इकाइको अडिट भएको बुद्ध एयरले जनाएको छ ।

आइकाओका प्रतिनिधि क्याप्टेन मेरी हेलेन जुब्रीकिज, क्याप्टेन माइकल ब्लेन्ड र होजे एम स्यालग्योरोले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा बुद्ध एयरका विभिन्न एकाइको अडिट गरेका थिए ।

उक्त अडिटकाक्रममा बुद्ध एयरको उड्डयन सुरक्षाको अवस्था सुधारोन्मुख रहेको प्रतिवेदनले देखाएको बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतको भनाइ छ ।

अडिटको बिस्तृत विवरण आउन भने केही दिन पर्खनु पर्नेछ । बुद्धले प्राधिकरण तथा आईकाओका प्रतिवेदनलाई यथासिघ्र सम्बोधन गर्ने जनाएको छ ।

नेपाली उड्डयन सुरक्षामा देखिएको विभिन्न कमजोरीका कारण विगत तीन वर्षदेखि युरोपियन युनियन अन्तर्गतको युरोपेली आयोगले नेपाली उड्डयन क्षेत्रलाई नै कालो सूचिमा राखेको थियो । यसैलाई दृष्टिगत गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आइकाओको सहायतामा बुद्ध एयरका विभिन्न कार्यालयको सुपरीवेक्षण गरेको जानकारी बुद्ध एयरले विज्ञप्तीमार्फत गराएको छ ।

करिब दुई दशकदेखि आन्तरिक वायुसेवा प्रदान गरिरहेको बुद्ध एयरको बजार हिस्सा ६१ प्रतिशत रहेको छ । हवाई यात्रालाई थप व्यवस्थित तथा जोखिम न्यूनिकरण गर्न बुद्ध एयरले आफ्ना कर्मचारी तथा प्राविधिकलाई अन्तर्राष्ट्रियस्तरको तालिम प्रदान गर्दै आएको छ ।

बुद्धले कर्मचारी तालिमका लागि अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईटा)को प्रशिक्षण केन्द्र पठाउने गरेको छ । पछिल्लो समय बुद्धले आफैं अन्तर्राष्ट्रिय स्तरकै प्रशिक्षक तयार पारिरहेको छ । बुद्धको आफ्नै हवाई मर्मत तथा संभार संस्था रहेको छ ।

हवाई क्षेत्रको जोखिम न्यूनिकरणका लागि बुद्ध एयरले विगत वर्षदेखि नै विभिन्न अन्तर्राष्ट्रिय हवाई सुरक्षण परीक्षकहरुबाट विभिन्न विभाग, एकाईअन्तर्गतका टेक्निकल, अपरेशन, ग्राउड ह्याडलिङ तथा जनशक्तिहरुको अडिट (परीक्षण) गराउने गरेको छ । यस्तो अडिटका नतिजा सन्तोषजनक रहेको पनि बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.