‘स्थानीय नसके प्रतिनिधि सभाको निर्वाचन गर्नु पर्छ’
अर्घाखाँचीः नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संबिधान कार्यन्वयनका लागि स्थानीय निकायको निर्वाचन गर्न नसके प्रतिनिधि सभाको निर्वाचन भए पनि गर्नु पर्ने बताएका छन् ।
स्थानीय निकायको निर्वाचनका लागि गाँउपालिका र नगरपालिकामा विवाद बढेको बताउदै ७ माघ २०७४ भित्र निर्वाचन नभए प्राप्त उपलब्धी पनि गुम्ने भएकाले संबिधान कार्यन्वयनका लागि निर्वाचन अपरिहार्य भएको बताए ।
निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउनुपर्ने उनको धारणा थियो । केहि शक्ती संविधान निष्क्रय बनाउनका लागि लागिपरेको बनाउँदै कोइरालाले त्यसलाई चिर्दैै अघि बढ्नुपर्ने बताए ।
मुलुकलाई अस्थिरताबाट बचाउन विभिन्न तत्व लागेको भन्दै निर्वाचन गराउनु अनिवार्य रहेको बताए ।
प्रेस युनियन अर्घाखाँचीले गरेको पत्रकार सम्मेलनमा उनले हतारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्की विरुद्धसंसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको बताए ।
कांग्रेसले गम्भीर रुपमा सोचेर मात्र महाअभियोगको बिषयमा निर्णय लिने बताउदै कांग्रेसले थाहाँ नपाउने गरी नेकपा (एमाले) र माओवादी (केन्द्र) ले हतारमा महाअभियोग प्रस्ताव दर्ता गराएकाले यस सम्बन्धमा पार्टी गम्भीर भएर छलफलमा जुटेको बताए । कतै एमाले र माओवादि संविधान कार्यन्वयन नगर्ने पक्षमा त लाग्न थालेका हैनन भन्ने शंका उत्पन्न भएको बताएका छन ।
नेता कोइरालाले महाअभियोग जस्तो संवेदनशील विषयमा काँगेसले कुनै हचुवाको भरमा निर्णय नगर्ने बताउँदै त्यसका लागि पार्टीमा छलफल गरेरमात्र निर्णय लिने बताएका छन ।
संविधान संशोधनका विषयमा एमालेलाई सहमतिमा ल्याउनुपर्ने बताउँदै उहाँले संविधान कार्यान्वयनका लागि काँगेस, एमाले र माओवादीबीच एकता र सहकार्य हुनै पर्ने जिकिर गरे ।
कोईरालाले सविधान कार्यनयन गर्नका लागि २०७४ साल भित्र तिन तहको निर्वाचन हुनुपर्ने बताउदै निर्वाचनको तैयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आनन्द ढुङगाना नेपाली काङ्ग्रेसका युबानेता सासद रन्जित कण पुर्ब केन्द्रीय सदस्य रेवती प्रसाद भुसाल नेपाल बिधार्थी संघका केन्द्रीय उपाध्यक्ष प्रकाश राना लगायतको उपस्थिति रहेको थियो ।