'लोकमानका लागि महाअभियोगबाहेक अर्को विकल्प छैन '

'लोकमानका लागि महाअभियोगबाहेक अर्को विकल्प छैन '

काठमाडौँ: एमाले सांसद् रवीन्द्र अधिकारीले लोकमानविरुद्ध महाअभियोगको विकल्प नभएको बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद्‍मा पेश भएको महाअभियोगको प्रस्तावको पक्षमा बोल्दै सांसद् अधिकारीले भने, ‘संवैधानिक निकायका प्रमुखले संविधान विपरित क्रियाकलापविरुद्ध काम गरेपछि अख्तियार प्रमुख लोकमानकाविरुद्ध महाअभियोग लगाउनुको अर्को विकल्प छैन ।’

अधिकारीले भने, ‘अख्तियार प्रमुखको आचरण संवैधानिक व्यवस्था अनुसारको भएन, पद अनुसारको आचरण गरेको भए यी प्रश्न उठ्ने थिएनन् । अख्तियार प्रमुखबाटै अख्तियारकोविरुद्ध काम भए र आज महाअभियोगको प्रस्तावमाथि छलफल गर्नु परेको छ ।’

अधिकारीले लोकमानविरुद्धको प्रस्ताव हठातमा नआएको समेत प्रष्ट पार्दै भने, ‘यो हठातमा आएको प्रस्ताव होइन ।’

उनले लोकमानले सर्वोच्च अदालतको अवज्ञा गरेर विधिको शासन अवज्ञा गरेको बताए । लोकमानमाथि प्रश्न गर्दै अधिकारीले भने, ‘हामीले कल्पना गरेको अख्तियरको प्रमुखले संविधान र कानुनको बर्खिलाप गर्न सक्छ ? संसदलाई अवज्ञा गर्नु जनतालाई अवज्ञा गर्नु होइन ? सर्वोच्चलाई अवज्ञा गर्नु भनेको विधिको अवज्ञा गर्नु होइन ? यो अवस्थालाई संसद टुलुटुलु हेरेर बस्न सक्दैन । हामी एकताबद्ध भएर निष्कर्षमा पुग्न सक्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.