लोकमानलाई सिफारिस गर्ने नेतामाथि किन छानबिन नगर्ने ?

लोकमानलाई सिफारिस गर्ने नेतामाथि किन छानबिन नगर्ने ?

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापा मगरले लोकमान प्रकरणसँगै उनलाई सिफारिस गर्ने नेताहरुको बारेमा पनि छानबिन हुनुपर्ने बताएकी छिन्।

संसद्मा दर्ता भएको लोकमानविरुद्धको महाअभियोगमाथिको छलफलमा सहभागी हुँदै थापा मगरले यस्तो माग राखेकी हुन् । लोकमान प्रकरणमा प्रमुख दलका मुख्य नेताहरु पनि जिम्मेवार रहेको बताउँदै उनले प्रश्न गरिन्, 'लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख कसले बनायो ? प्रमुख दलहरुले उनलाई किन सिफारिस गरे ? त्यसको छानबिन हुनुपर्छ ।'

लोकमानको नियुक्तिबारेमा सबैतिरबाट विरोध हुँदा पनि दलका नेताहरुले खुसुक्क निर्णय गरेर हतारमा शपथ खुवाएको बताउँदै थापा मगरले भनिन् 'सिंहदरबारको एउटा ढोकामा लोकमानको विरोध भइरहेको थियो । हाम्रा प्रमुख नेताहरु तीनै लोकमानलाई प्रमुख आयुक्त बनाउने निर्णय गरेर अर्को ढोकाबाट बाहिरिएका थिए ।'

उनले लोकमानलाई महाअभियोग लगाउँदैमा उनलाई सिफारिस गर्ने नेताहरुले उन्मुक्ति नपाउने बताइन् । उनले भनिन्, 'लोकमान दण्डित गर्दा अरु थुप्रै भष्टाचारीहरु जोगिने वा उम्किने अवस्था बन्नु हुँदैन, उनले भनिन् ।

अख्तियारको लगाम समेत भारतको हातमा रहेको उनको भनाइ छ । थापा मगरले भनिन् , अख्तियारको कारबाही तथा सक्रियतामा पनि भारतीय प्रभाव देखिएको छ । ठूला माछा समाउने अख्तियारको अभियान एकाएक किन सेलायो ? भ्रष्टाचारमा कसलाई कारबाही गर्ने नगर्ने भन्ने विषयमा भारतीय सुझाव र दबाब देखिएको छ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.