संसद्को बैठक कात्तिक २५ गतेसम्म स्थगित
काठमाडौं : मंगलबारदेखि सुरु भएको लोकमानविरुद्धको महाअभियोगमाथिको छलफल छठसम्मका लागि स्थगित भएको छ ।
मंगलबार केही सांसदहरुले बोलेपछि बैठक कात्तिक २५ गतेसम्मका लागि संसद् स्थगित भएको छ । संसद्को अर्को बैठक कात्तिक २५ गते दुई बजे बोलाइएको छ ।
लामो समय बैठक स्थगित भएकोले लोकमान प्रकरण संसद्मा थप लम्बिने भएको छ । सांसद्हरुले बोल्ने क्रम सकिएपछि मात्र यो प्रस्ताव महाअभियोग समितिमा पठाइने छ ।
स्रोतका अनुसार आगामी कात्तिक १७ गतेदेखि भारतीय राष्ट्रपति प्रवण मुखर्जी नेपाल भ्रमण आउने कार्यक्रम भएकोले पनि संसद् लामो समयका लागि स्थगित भएको छ। भारतीय राष्ट्रपति १९ गते स्वदेश फर्किने कार्यक्रम छ। मुखर्जीको भ्रमणपछि मात्र लोकमान प्रकरणबारे दलहरु एउटा निश्कर्षमा पुग्ने मनस्थिति देखिएको छ।