धामीले १२ बर्षीया किशोरीमाथि दुव्यर्वहार गरेपछि...

धामीले १२ बर्षीया किशोरीमाथि दुव्यर्वहार गरेपछि...

झापाः बाह्र वर्षीय एक किशोरीलाई यौन दुव्यर्वहार गरेको आरोपमा झापाको बिर्तामोडबाट मंगलबार एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत इस्लामपुर निवासी ५० वर्षीय महमद रफिगुल रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

प्रहरीका अनुसार किशोरीलाई झारफुक गर्ने बहानामा उनले यौन दुव्र्यवहार गरेका थिए । झारफुक गर्न आएका उनले किशोरीकी आमालाई फूल लिन पठाएको र भाइलाई पानी लिन पठाएर बालिकामाथि यौन दुव्र्यवहार गरेको सूचना आएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । रफिगुललाई इप्रका बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालयले दुई फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका शान्तिनगर–१ निवासी ४३ वर्षीय मिलन वेघा र सोही ठाउँका ३० वर्षीय निमा तामाङलाई आजै जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापाले जानकारी दिए ।

उनीहरुलाई जिल्ला अदालतबाट वन मुद्दामा छ महिना कैद र एक लाख नौ हजार ९८४ जरिवाना तोकिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.