क्यान्सरपीडित बालकलाई सांसद् आलेको आर्थिक सहयोग
काठमाडौँ: डोटी निरौली ५ का आठ बर्षीय बालक एकम बोहोरालाई एमाले सांसद् प्रेम आलेले ४२ हजार आर्थिक सहयोग गरेका छन् ।
महाराजगञ्जस्थित मनमोहन कार्डिओ भास्कुलर थेरापिक्स एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचार गराइरहेका बालकलाई घर पठाउन सांसद् आलेले आर्थिक सहयोग गरेका हुन् ।
सांसद् आलेले क्यान्सरपीडित बालकलाई काठमाडौँदेखि डोटीको बिपी नगरसम्म पुग्ने एम्बुलेन्स भाडा वापत उक्त रकम दिएका हुन् ।
बिरामी बालककी आमा भागरती र बाबु बीरबहादुर बोहोराले आफ्नो सम्पूर्ण सम्पत्ति छोराको उपचारमा खर्च गर्दा घर पुग्ने भाडासम्म नभएको बताएपछि आलेले अस्पतालमै पुगेर सहयोग गरेका हुन् ।