श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री राम कार्कीले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको पहल गर्ने प्रतिबद्धता जनाएका छन् । प्रेस सेन्टर नेपाल तीन नम्बर प्रदेशको ज्ञापन–पत्र बुझ्दै सञ्चारमन्त्री कार्कीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयन, समानुपातिक विज्ञापन नीति र अघिल्लो सरकारले वृद्धि गरेको लोककल्याणकारी विज्ञापन नीति कार्यान्वयनको मागसहितको ज्ञापन–पत्र बुझेपछि मन्त्री कार्कीले कार्यान्वयनको प्रतिबद्धता जनाएका हुन् ।

‘तपाईहरुले राख्नु भएका मागप्रति सकरात्मक छु’, मन्त्री कार्कील भने, ‘चाँडै पत्रकार महासंघ, प्रेस काउन्सिल र सूचना विभागलगायतका निकायसँग छलफल गरेर काम अघि बढ्छ ।’

श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नहुँदा श्रमजीवि पत्रकार अन्यायमा परेको तथा पत्रकारको श्रम शोषण भइरहेको ध्यानाकर्षण गराउदै सञ्चारमन्त्रीलाई ज्ञापन-पत्र बुझाएको प्रदेश सचिव टेनिस रोकाले जानकारी दिए ।

ज्ञापन–पत्रमा अनलाइन मिडियालाई व्यवस्थित गर्न माग गर्दै अनलाइन मिडियाका लागि पनि समानुपातिक विज्ञापन नीति ल्याउनुपर्ने माग उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.