वीरगन्जमा मंसिरमा राष्ट्रिय कुस्ती प्रतियोगिता हुने
वीरगन्जः वीरगन्जमा आउँदो मंसिर १ गते राष्ट्रिय कुस्ती प्रतियोगिता हुने भएको छ।
नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय कुस्ती संघले आयोजना गर्ने प्रतियोगितामा २२ जिल्लाका कुस्ती खेलाडीहरुले भाग लिने छन्। वीरगन्जमा बिहीबार पत्रकार सम्मेलन गरी कुस्ती संघले प्रतियोगितका बारेमा जानकारी गराएको हो।
प्रतियोगितामा विभिन्न आठ तौल समुहमा गरी कुस्ती खेलाडीहरुबीच प्रतिस्पर्धा गराइने कुस्ती संघका अध्यक्ष अरुण यादवले जानकारी दिए।
पत्रकार सम्मेलनमा नेपाल खेलकुद महासंघका महासचिव एंव राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डिङ शेर्पाले कुस्ती मधेसको सबैभन्दा लोकप्रिय खेल रहेको बताए।
मधेसका कुस्ती खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा पहिचान बनाउन सफल भएको भन्दै उनले भने,‘ वीरगन्जको प्रतियोगितापछि विद्यालय स्तरमै महिला तथा पुरुष कुस्ती प्रतियोगिता पनि आयोजना गर्छौं।