इन्टरनेटबिना बाटो पत्ता लगाउन 'म्याप्स डट मी'

इन्टरनेटबिना बाटो पत्ता लगाउन 'म्याप्स डट मी'

प्रविधिको युगमा आवश्यकताअनुसार प्रविधिको सहयोग लिन सके हरेक कुरा सहज हुन्छ । आफूले चाहेको स्थान कसैलाई नसोधी एन्ड्रोइड र आईओएस मोबाइलमार्फत पत्ता लगाउन सकिन्छ । ल्याटट्युड र लंगिट्युडबाट लोकेसन थाहा पाउन सकिन्छ ।

ल्याटट्युड र लंगिट्युडका बारेमा जानकारी दिने वेब तथा एन्ड्रोइड र आईओएसजस्ता मोबाइल अपरेटिङ सिस्टमका लागि भनेर थुप्रै एप्लिकेसन्सको विकास भइसकेका छन् । तीमध्ये, गुगलले डेभलप गरेको 'गुगल म्याप्स' धेरैले प्रयोग गर्छन् । गुगल म्याप्समा कुनै पनि ठाउँबारे खोज गर्न इन्टरनेटको अवश्यकता पर्छ । एकपटक कुनै पनि ठाउँको खोज गरिएको छ भने त्यस क्षेत्रको म्याप मोबाइलमा 'क्यास डेटा'का रूपमा बस्छ, जसको कारण पुनः त्यस ठाउँको म्याप हेर्न चाहेमा हरेक चोटि इन्टरनेट आवश्यक पर्दैन ।

कुनै एक ठाउँबाट कतै जानु छ र ती दुई ठाउँबीचको मार्ग चाहिएको छ भने गुगल म्यापमा इन्टरनेटको आवश्यकता पर्छ तर हरेक समय इन्टरनेट उपलब्ध हुन्छ भन्ने छैन । यस्तो समयमा 'म्याप्स डट मी' एप प्रयोग गर्न सकिन्छ 'म्याप्स डट मी' निःशुल्क र छिटो छरितो अफलाइन् म्याप र जीपीएस न्यामिगेसन एप हो, जसको प्रयोग इन्टरनेटबिनै गर्न सकिन्छ ।

कुनै पनि ठाउँको म्याप पहिले नै डाउनलोड गरेर त्यस ठाउँवरिपरि रेस्टुरेन्ट, क्याफे, पर्यटक आकर्षण, होटल, एटीएम तथा सार्वजनिक परिवहन सजिलै खोज्न सकिन्छ । एक चोटि वाईफाई वा कुनै नेटवर्कदेखि म्याप डाउनलोड गरिसकेपछि, अरू कुनै कुराको चिन्ता लिन पर्दैन । 'म्यप्स डट मी'ले 'ओपन स्ट्रटी म्याप'को डेटा प्रयोग गरेर त्यसै डेटामाथि आफ्नो एप र एल्गोरिदम डेभलप गरेको छ ।

यो एपको प्रयोग हिँड्दा, साइक्लिङ गर्दा होस् वा गाडी चलाउँदा, आफ्नो अनुकूल मिलाएर प्रयोग गर्न सकिन्छ । आफू जाने वा पुग्नुपर्ने लोकेसनलाई यस एपमा गएर खोज्न सकिन्छ । आफूले खोजेको लोकेसनको बाटो पाउन सकिन्छ ।

यो काम गुगल म्याप्समा पनि गर्न सकिन्छ तर मार्ग पत्ता लगाउन, रेस्टुरेन्ट, क्याफे आदि इत्यादि खोज गर्न इन्टरनेट आवश्यक पर्छ । करोडौं प्रयोगकर्ता रहेका यो एप दुवै एन्ड्रोइड र आईओएस मोबाइल अपरेटिङ सिस्टमका लागि उपलब्ध छ । 'गुगल प्ले स्टोर' र 'एप स्टोर'देखि सजिलै निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.