तिहार उमंग-रंगोलीमा रमाउँछिन् क्यारोलाइन

तिहार उमंग-रंगोलीमा रमाउँछिन् क्यारोलाइन

हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तिहार अर्थात् यमपञ्चक कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि सुरु हुन्छ । यमपञ्चकका पाँच दिन र लक्ष्मीपूजाका दिन विशेष रूपमा घर, आँगन र चोकचोकमा उज्यालो बनाइन्छ । तिहारलाई फूलैफूल, उज्यालो र समृद्धिको चाड मानिन्छ । हिन्दु धर्मावलम्बीले दोस्रो ठूलो भने पनि हर्ष, उमंग र रमाइलोका दृष्टिले तिहारमा बढीको लगाव देखिन्छ ।

हिन्दुशास्त्रमा सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीकै घरमा गई रमाइलो गरी पाँच दिनसम्म बसेको सन्दर्भलाई यमपञ्चक मानिएको उल्लेख छ । यसरी बस्दा यमुनाको व्यवहारले प्रसन्न भएर यमराजले बहिनीलाई 'जे मन लाग्छ वर माग' भन्दा उनले 'हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनु, दिदी–भाइ र दाजु–बहिनीको प्रेम सधैं अटल होस् साथै दाजुभाइको आयु, कीर्ति सदा वृद्धि होस्' भनेर वर मागेकी थिइन्।

दाजु यमराजले पनि तथास्तु भन्दै मन, वचन र शुद्ध कर्मले भाइपूजा गर्ने गराउने सबैको सधैं उन्नति र कीर्ति फैलियोस् भनी बिदा मागी गएको सन्दर्भलाई आजपर्यन्त मनाउँदै आएको नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. माधव भट्टराईको भनाइ छ ।

तिहारमा एकातिर दाजुभाइ–दिदीबहिनीबीच आत्मीयता र स्नेह सम्बन्ध पुष्टि हुन्छ भने अर्कोतिर मानिस र पशुपंक्षीबीचको सम्बन्ध प्रगाढ रहेको प्रष्ट हुन्छ । तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन (पहाड) र लक्ष्मी (देवी) समेतको पूजा हुन्छ । यमपञ्चकको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाएर वस्त्र एवं मिष्ठान्न भोजन गराउँछन् ।

यस दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तोरीको तेल, मखमलीको माला, दुबो, कटुस आदिको प्रयोग गरी दिदीबहिनीले दाजुभाइको सुख–समृद्धि र आरोग्य एवं दीर्घायुको कामना गर्छन् ।

रंगोलीमा रमाउँछिन् क्यारोलाइन

दिदीहरूले तिहारमा रंगोली बनाउँदा क्यारोलाइन चन्दलाई पनि सहभागी हुन मन लाग्थ्यो । तर उनी सानै थिइन् । 'तिमीलाई आउँदैन' भनेर दिदीहरूले सम्झाउँदा आफू रोएको उनलाई झलझली याद आउँछ । तर अहिले उनी १८ वर्षकी भइन् । दिदीहरू कोही विदेशमा त कोही आआफ्नो काममा । त्यसैले तिहारमा रंगोली बनाउने अभिभारा उनले सम्हालेकी छन् ।

'तिहारमा रंगोली बनाउँदा म अहिले दिदीहरूलाई सम्झिन्छु', क्यारोलाइन स्मरण गर्छिन्, 'आफ्नै घर, छिमेकीमा साथीसँगीसँग रमाइलोका लागि भैली खेल्थ्यौं । ती क्षण साँच्चिकै रमाइलो लाग्छ ।' काठमाडौंमा जन्मेकी उनलाई तिहार मनपर्ने चाड हो । तीन दिदीकी बहिनी क्यारोलाइन भाइटीका भने ठूलीआमाको छोरासँग लगाउने गरेकी छन् । 'तिहारको महिमालाई भाइटीकाले सार्थक बनाइदिए जस्तो लाग्छ', उनी भन्छिन्, 'हामी सबै मिलेर दाइलाई टीका लगाइदिने गरेका छौं ।'

राजधानीमा आयोजित 'सुपरमोडेल नेपाल'मा सहभागी भई 'टप फाइप'सम्मका यात्रा तय गर्न सफल भइन् । पाँच फिट आठ इन्च अग्ली क्यारोलाइनले 'बेस्ट फिगर'को उपाधि चुमेकी थिइन् । मध्यबानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ मा अध्ययनरत उनी मोडलिङमा भविष्य खोजिरहेकी छिन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.