तिहारको सगुन सेलरोटी

तिहारको सगुन सेलरोटी

तिहार भन्नेबित्तिकै सेलरोटीसँगै जोडिएर आउँछ । पश्चिम क्षेत्रमा सेलरोटीलाई बाबर भनिन्छ । अनामनगरमा प्रशंसा केक सप सञ्चालन गरेर बसेकी प्रशंसा खत्री सेलरोटीबिनाको तिहार कल्पनासम्म गर्दिनन् । 'भाइहरूलाई के सगुन दिनु ? ', उनले भनिन्, 'कागतिहारदेखि नै सेलरोटीको महत्त्व हुन्छ, काग, कुकुर, लक्ष्मीपूजा, देउसी, भैलो खेल्नेदेखि दाजुभाइलाई प्रसादको रूपमा दिन सेल त चाहियो नि ।'

तिहार अर्थात् भाइटीकामा सेलरोटीलाई सगुनको प्रतीक मानिने डोटेली लोकसंस्कृतिका अध्येता डा. बद्री बिनाडीले बताए । 'परम्परा कसरी चल्यो, त्यो खोजीकै विषय छ', उनले भने, 'तर सेल अर्थात बाबर परम्परादेखि नै सगुनको रूपमा प्रयोग हुँदै आएको हो ।' तिहारमा सयपत्री (हजारी) फूलको माला, सप्तरंगी टीका, अनि मिठाई प्रयायजस्तै भएको बिनाडी बताउँछन् ।

पहिला तिहारमा आर्फै ताई लगाएर सेलरोटी पकाउने प्रचलन सहरबजारमा कम हुँदै गएको प्रशंसा खत्री बताउँछन् । 'एउटा अल्छीपन हो, अर्को व्यस्त जीवनशैली र भाडाका कोठाको साँघुरो बसाइले पनि सेल बनाउने परम्परा घट्दै गएको छ', प्रशंसाले भनिन् ।

आफैं सेल बनाएर दाजुभाइलाई खुवाउनुमा भावनात्मक सम्बन्ध जोडिएको उनले बताइन् । पहिलापहिला गाउँमा देउपित्र, इष्टमित्र, विभिन्न जातजातिलाई भाग छुट्याउने गरी सेलरोटी पकाइने प्रचलन अहिले सहरमा नभए पनि दाजुभाइलाई टीका लगाउँदा किनेरै भए पनि सेल पस्कने चलन भने बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.