क्याफेः तिहारमा मिठाई

क्याफेः तिहारमा मिठाई

नेपालीको अर्को ठूलो चाड तिहार (भाइटीका) आँगनमै आइपुगेको छ । दसैं मान्यजनका हातबाट टीका लगाएर आशीर्वाद दिने पर्वसँगै खानपानको पर्व पनि हो । अझ दसैंमा मासुको महत्त्व बढी मानिन्छ । अन्य समय जे जस्तो भए पनि आम नेपालीले दसैंमा मासुलाई उच्च महत्त्व दिन्छन् । विभिन्न परिकार बनाइन्छन् र खाइने गर्छन् । दसैंमा मासु भने झैं तिहारमा मिठाई र सेलरोटी (पश्चिममा बाबर) को विशेष महत्त्व छ । यतिबेला बजारभरि मिठाईका सोकेसहरू आकर्षक शैलीमा सजाइने गरेका छन् । राजधानीमात्रै होइन मुलुकभरिका सहरबजारमा मिठाईको किनमेल उच्च भएको छ ।

विदेशबाट भर्खरै घरिएका धादिङका राजु श्रेष्ठ पशुपति फुड्सद्वारा सञ्चालित आँगनको पुतलीसडकस्थित मिठाई पसलमा भेटिए । तिहारको मुखमा घर जाँदै गर्दा दुई चार किलो मिठाई लग्न उनलाई उचित लाग्यो । 'यहाँको मिठाईमा विश्वास छ, आफ्नै खालको स्वाद छ', राजधानीका अन्य मिठाई पसलमा पाइने मिठाईमा त्यति रुचि नभएको उनले बताए ।

दुई वर्षअघि मैतीदेवीमा नाम चलेको मिठाई पसलबाट मिठाई किन्दा तेलमा बनेको मिठाईदेखि दिक्दार भएकी ४८ वर्षीया उपासना पनि त्यसयता हरेक अवसरमा आँगनकै मिठाई नै रोज्ने गर्छिन् । 'तिहारमा मिठाई किन रोजिन्छ भन्ने तर्क त थाहा छैन', उपासनाले भनिन्, 'सगुनका रूपमा भाइहरूलाई दिन यसको महत्त्व छ झैं लाग्छ ।'

तिहारमा परापूर्व दाजुभाइलाई मीठो कुरा खुवाउने प्रचलन चलिआएको मानिन्छ । अन्य समयको तुलनामा तिहारमा दसौं गुणा बढी मिठाई बिक्री हुने गरेको पशुपति फुड्स तथा आँगनका प्रशासन प्रमुख शंकर थापाले बताए । यो अवधिमा मात्रै राजधानीमा रहेका पाँचवटा बिक्री केन्द्रबाट करिब २५ देखि ३० क्विन्टल मिठाई बिक्री हुने गरेको उनले जानकारी दिए ।

आँगनले अन्यबेलाजस्तै तिहारमा बदाम पेस्ता, तिरंगी, फेनी लड्डु, बदाम बर्फी, काजु चिनी, सन पापडी, लड्डु, लालमोहन, दूधमलाई, रसमलाई, राजस्थानी पेडा, बेसन लड्डु, सोन हलुवालगायतका मिठाई पस्कने गरेको छ । अर्डरअनुसार पाटन औद्योगिक क्षेत्रमा रहेको उद्योगबाट आँगनले ताजा र गुणस्तरीय मिठाईहरू पस्कने गरेको थापाले बताए ।

केही समय पहिलामात्रै केही मिडियामा आँगनको मिठाई उत्पादनबारे आएको हल्लाबारे थापाले प्रसंग कोट्याउँदै भने 'घिउमा झिंगा भनियो, हामीले प्रयोग गरेर थन्क्याएको घिउमा माहुरी परेको थियो ।' आँगनको मिठाई उत्पादनमा सीतारामको ३० किलोको बट्टामा तयार भएको लेवलयुक्त घिउ प्रयोग गरिने गरेको उनले बताए । 'हामी घिउदेखि अन्य कच्चा पदार्थ गुणस्तरीय प्रयोग गर्छौं, प्रयोग भइसकेको सामग्री नष्ट गर्छौं । हाम्रा उपभोक्ताले हाम्रो उत्पादन स्वादबाटै थाहा पाउनुहुन्छ ।'

उनले आँगनको मिठाई शुद्ध घिउबाट बन्ने, परिस्कृत गरिएको पानीको प्रयोग हुने र उत्पादकले सरसफाइमा विशेष ध्यान दिने र गुणस्तर परीक्षणबाट मात्रै बिक्री वितरण हुने भएकाले ढुक्कसँग उपभोग गर्न उनले आग्रह गरे । आँगनले आफैं उत्पादन गरेर कोल्डस्टोरमा भण्डारण गरिएको खुवा मिठाई बनाउनमा प्रयोग गर्ने गर्छ । आँगनबाट उत्पादन गरिएका कुकिज र केकसमेत शाकाहारी हुने गरेको प्रशासन प्रमुख थापाले बताए ।

लक्ष्मीलाई प्रसादको रूपमा पनि मिठाई चढाइने सनातनकालीन मान्यताले पनि तिहारमा मिठाई रोजाइको विषय बनेको उनको विश्वास छ । परापूर्वकालदेखि गणेश भगवान्लाई लड्डु चढाउने प्रचलन अझै कायम छ, यसले पनि मिठाईको महत्त्व बढेको उनको विश्वास छ । २०६५ सालमा उद्योगको आकार लिएको पशुपति फुड्सको मिठाई नै यतिबेला राजधानीलगायत आसपासका क्षेत्रमा पहिलो रोजाइ बन्दै गएको छ । थापाले दाबी गरे, 'हाम्रो मिठाईप्रति जुन विश्वास छ त्यो कहिल्यै टुट्न दिन्नौ, हामी परीक्षण गरेर कसैले थोरै पनि कमसल प्रमाणित गर्न सके तोकेको सजाय भोग्न तयार छौं ।'

प्रशासन प्रमुख थापाले लगाइएको लेबल र उपभोग मितिअनुसार उपभोग गर्न भने आग्रह गरे । उनले भने, 'केही मिठाई तीन महिनासम्म उपभोग गर्न मिल्छन्, कतिपय ७२ घन्टामात्रै उपभोग गर्ने म्याद हुन्छ भने दूधमलाई, रसमलाई आजको भाेिल खान मिल्दैन ।' गत वर्ष मैतीदेवीको नाम चलेको एक मिठाई पसलबाट ल्याएको मिठाइर्ले आफूले तीन दिन दुःख पाएको घट्टेकुलोका दीपक न्यौपानेले बताए । उक्त पसलले तिहारमा रंग मिसाएको, तेलमा बनाएको, बेसनको मिठाई बेचेको उनको दुःखेसो छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.