१५ बर्षीया बालिकाले भनिन्ः ‘बाबुको यौन दुर्व्यवहार सहन नसकेपछि घरबाट भागेँ’

१५ बर्षीया बालिकाले भनिन्ः ‘बाबुको यौन दुर्व्यवहार  सहन नसकेपछि घरबाट भागेँ’

स्याङ्जाः ‘आमा म कामको खोजीमा गएकी छु । फेरि फर्केर घर आउदिनँ’ भन्दै आमालाई चिठी लेखेर पोखरा हिँडेकी १५ वर्षीया बालिका बाबु र छिमेकीको यौन दुव्र्यवहार सहन नसकी घरबाट भागेको पाइएको छ ।

पौवेगौडे गाविस ७ बस्ने ५६ वर्षीय सौतेलो बाबु र छिमेकी ७४ वर्षीय एक वृद्धको पटक–पटकको जबर्जस्ती करणीका कारण घर छाड्नुपरेको पीडित बालिकाको भनाइ छ । गतवर्षदेखि दुईजनाले पटक–पटक आफूमाथि जबर्जस्ती करणी गरेको उनको आरोप छ ।

दर्जनभन्दा बढी छोराछोरी र नातिनातिना भएका ती वृद्ध प्रहरीकहाँ उजुरी परेको थाहा पाउनासाथ बेहोस भएका थिए । जिल्ला अस्पतालमा एक दिनको उपचारपछि उनी प्रहरी नियन्त्रणमा छन् ।

घर छाडेर पोखरा हिँडेको थाहा पाएपछि बालिकाका आफन्तले महिला तथा बालबालिका कार्यालय र प्रहरीमा खबर गरेका थिए । त्यसपछि ती बालिका भेटिएकी हुन् । यस सम्बन्धमा महिला तथा बालबालिका कार्यालय स्याङ्जामा कार्यरत गुरुप्रसाद ढकालले जबर्जस्ती करणी मुद्दाको जाहेरी दिएका थिए ।

 पीडक दुवैलाई जिल्ला अदालतबाट ५ दिने म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । आफ्नै झड्केली छोरीलाई घरमा कोही नभएको अवसर पारी गतवर्षदेखि पटक–पटक जबर्जस्ती करणी गरेको बताइएको छ ।

पहिलो पत्नीको मृत्यु भएपछि पीडितका सौतेलो बाबुले नानीसहित उनकी आमालाई भित्र्याएका हुन् । उनीतर्फ भने कुनै सन्तान छैनन् । आमा मेलापात गएको अवसर पारी बाबुले बालिकामाथि जबर्जस्ती करणी गर्ने गरेको पीडित बालिकाको भनाइ छ ।

 यसैगरी ७४ वर्षीया वृद्धले आफूमाथि डरत्रास देखाई करणी गर्न नदिए मार्ने धम्की दिने गरेको पनि उनले बताइ । ती वृद्धले जंगलमा लगेर पटक–पटक जबर्जस्ती करणी गरेको बालिकाको आरोप छ ।

घर फर्किन नचाहने ती बालिकालाई मंगलबारदेखि पोखरास्थित एक गैरसरकारी संस्थामा पठाइएको महिला तथा बालबालिका कार्यालय स्याङ्जाका प्रमुख चन्द्रकुमारी व्यञ्जनकारले जानकारी दिइन् । उनी स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययरत थिइन् ।      


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.