मिस लिटिल आइडल २०१४ हुँदाको खुसी
जीवनमा अनेक आरोह अवरोह आउँदछ । जीवन संघर्षको मैदान हो । यही संघर्षको मैदानबाट हामीले हाम्रो सपनालाई प्रगतिको शिखरमा पुर्याउनुपर्छ ।
यही मान्यतालाई मध्यनजर गर्दै मभित्र भएको प्रतिभालाई पनि मैले लुकाएर राख्न सकिनँ । प्रतिभा यस्तो चम्किलो हीरा हो जसले हाम्रो भविष्यलाई उज्ज्वल बनाउन सहयोग गर्दछ । काठमाडौं उपत्यकाभरिका १३ वर्षभन्दा मुनिका मजस्ता थुप्रै प्रतियोगीलाई उछिनेर मिस लिटिल आइडल २०१४ को ताज पहिरिनु चानचुने कुरा थिएन ।
यो मेरो सफलतामा मेरो मिहिनेतको भूमिका महत्त्वपूर्ण छ । यसमा मेरो घरपरिवार, विद्यालयका शिक्षकशिक्षिका तथा प्रिन्सिपललाई पनि मैले श्रेय दिनुपर्छ । हामीले उद्देश्य लिएरमात्र हुँदैन त्यो उद्देश्य पूरा गर्न कर्तव्य पनि निर्वाह गर्नुपर्दछ । असम्भव भन्ने कुरा केही हँदैन । संघर्ष गर्नु ठूलो कुरा हो ।
सन् २०१४ को मिस लिटिल आइडलको जुन इतिहास मसँग छ, त्यो मेरो लागि जीवनकै सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हो । सपना देख्नेमात्र होइन पूरा गरेर छाड्नुपर्छ भन्ने मेरो मान्यता हो ।
मैले मेरिगोल्डमा शिक्षकशिक्षिका व्यवस्थापकबाट सिकेको कुरा पनि यही नै हो । यही मान्यता र परिवारको सहयोग तथा अन्य शुभ चिन्तकको सद्भाव र विश्वासले गर्दा म मिस लिटिल आइडल २०१४ बन्न सके ।
प्रतिश्ना केसी/कक्षा: ९