दसैंतिहारः नयाँ लुगा लगाउने रहर

दसैंतिहारः नयाँ लुगा लगाउने रहर

मिठो खाने, नयाँ लुगा लगाउने, रमाइलो गर्ने विशेष पर्वको रुपमा लिइन्छ दशैं र तिहारलाई । कतिले दसैंमा त कतिले तिहारमा नयाँ लुगा फेर्छन् । चाडपर्व प्रायःजसो सबैका लागि हर्ष र खुसीको पर्व हुने गर्दछ ।

यतिबेला सिंगो नेपाली महान चाड तिहारको रमझममा छ । नयाँ लुगा लगाएर, मिठो खानेकुरा खाएर तिहार मनाइँदै छ । सबैको घरघरमा हर्षउल्लास छाएको छ । दसैं एवम् तिहारमा सबैले नयाँ कपडा किनेर, खानेकुरा खाएर रमाइलो गर्ने गर्दछन् । चाडपर्वका बेला जस्तोसुकै निम्न वर्गले पनि वर्षमा एकजोरसम्म लुगा किन्ने गरेको व्यवसायीहरु बताउँछन् ।

आफ्नो हैसियतअनुसार दशैंको बेला आफ्नो गच्छे अनुसार सामान्य फुटपाथदेखि ठूल्ठूला मलमा गएर कपडा किन्ने गर्छन् । रंगीचंगी लुगा लगाएर घर भिलीमिली भएका छन् । प्रायः सबैको घर झिलीमिली भएको छ ।

सधैंजसो फुटपाथबाट कपडा किन्दै आएका दोलखाका रामप्रसाद केसी दसैंतिहारको बेला परिवारका लागि कपडा किन्दा ३/४ हजारभन्दा बढी नै खर्च हुने गरेको बताउँछन् ।

भन्छन्-‘कपडामा थोरै खर्च गरौं भन्दा पनि परिवारका सबैलाई एक/एक जोर किन्नुपर्दा खर्च बढीहाल्छ ।’ उनी काठमाडौंमा बसेर मजदुरी गर्दै आएका छन् । ‘अरु बेला लुगा फेर्न नसकिएपनि दसैंतिहारमा लुगा किनिदिएर परिवारको चित्त बुझाउने गरेको छु ।’ उनले भने

त्यस्तै नुवाकोटका नारायण मिश्र काठमाडौंमै बसेर सामान्य तरकारी पसल गर्छन् । उनले पनि दसैं तथा तिहारका लागि प्रायःजसो परिवारका सबै सदस्यका लागि कपडा किन्दै आएको बताउँछन् ।

‘अरुबेला पैसा छैन् भनेर श्रीमती, छोराछोरीलाई धुटाउन पाइन्छ तर चाडपर्वका बेला कपडा किनौं भन्ने रहर सबैलाई हुन्छ र लुगा फेर्नुपर्ने हुन्छ’ उनले भने । उनको ५ जनाको परिवारका लागि कपाडा किन्न ७ हजार भन्दा बढी खर्च हुने गरेको बताए । ‘दसैंतिहारजस्ता चाडपर्वमा लुगा नकिन्दा त खल्लो लाग्ने गरेको उनले सुनाए । ‘दसैंतिहारका बेला जति लागेपनि कपडा किनिदिने गरेको छु’ उनले भने ।

गुल्मीकी शर्मिला अर्याल काठमाडौंमा बसेर ब्याचलर पढ्दै र पार्टटाइम काम गर्दै आएकी छिन् । उनी भाईहरुसँग बसेपनि आफ्नो कमाईले नपुगेपछि बुवासँग माग्ने गरेको बताइन् । उनी भन्छिन्-‘मेरो कमाईले इच्छाअनुसार कपडा र मेकअपका सामान किन्ने गरेको छु, तर भाईहरुको कपडाका लागि बुवाले नै पैसा पठाइदिनुहुन्छ ।’ परिवारका प्रति सदस्य ४ हजारदेखि ६ हजारसम्म खर्च हुने गरेको उनले बताइन् । उनका बुवाले गुल्मीमै शिक्षक छन् ।

दसैंतिहार लक्षित गरी सिटी सेन्टर, बिशाल बजार, सिटीसी मल, कान्तिपुर मल, भाटभटेनी, काठमाडौं मल, वल्र्ड ट्रेड सेन्टरलगायत दर्जनौं मलमा असोज नलाग्दै कपडा किन्नेको भीड लागिसकेको हुन्छ । मलमा उच्च, धनाढ्यदेखि मध्यम वर्गका मान्छेहरु आउने गरेको व्यवसायीहरु बताउँछन् । त्यस्तै अधिकांश मलको उपहार योजनाले पनि ग्राहक तान्ने गरेको पाइन्छ ।

कान्तिपुर मलमा विगत ३ वर्षदेखि कपडा पसल गर्दै आएकी गुल्मीकी जानकी पन्थीले कपडा पसलबाट सन्तुष्टी भएको बताउँछिन् । ‘यहाँ प्रायजसो सामान्य मान्छे पनि आउँछन्, इच्छा अनुसार किनेर लैजान्छन्’ उनले भनिन् ।

बसपार्क क्षेत्रमा भएकाले पनि खासगरी मध्यम वर्ग र सामान्य वर्गसमेत दसैं र तिहारमा कपडा किन्न आउने गरेको उनको अनुभव छ । अरु बेला भन्दा दसैंमा २५ प्रतिशत भन्दा बढी व्यापार व्यवसाय हुने गरेको उनले सुनाइन् । ‘यहाँ प्रायजसो नियमित ग्राहक आउने गर्छन, यहाँ काठमाडौंका भन्दा बाहिरका मान्छेहरुले नै कपडा किन्ने गर्छन्’ उनले भनिन् ।

कान्तिपुर मल स्थापनादेखि व्यवसाय गर्दै अएका राजाराम दाहाल तिहार र दसैंमा व्यापार हुने महत्वपूर्ण सिजन भएको बताए । ‘यसबेला कपडा किन्नेको भीड बढेकै हुन्छ’ उनले भने-‘यहाँबाट कपडा किन्ने सबै ग्राहक सन्तुष्ट भएर आफ्नो गच्छअनुसार किनेर जान्छन् ।’

काठमाडौं मलमा व्यापार गर्दै आएका राजन भण्डारी अरु समयभन्दा दशैंमा दोब्बर व्यापार हुने गरेको बताउँछन् । दसैं र तिहारमा एकै व्यक्तिले ८/१० हजारको कपडा किन्ने गरेको उनले अनुभव सुनाए । कतिले परिवारका लागि ३०/३५ हजार भन्दा पनि बढी खर्च गर्ने गरेको व्यापारी बताउँछन् ।

दसैं तथा तिहारमा पनि नयाँ नयाँ जिडाइनका कपडा खोज्ने भएकाले प्रत्येक वर्ष व्यापार बढ्दै गएको उनले सुनाए । व्यापारी भण्डारीले ग्राहकको चाहनाअनुरुप कपडा ल्याउने गरेको बताए । ‘ग्राहकले रोजीरोजी कपडा लैजान सक्छन्’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.