भारतीय राष्ट्रपतिलाई ‘वेलकम’ होइन ‘नट-वेलकम’

भारतीय राष्ट्रपतिलाई ‘वेलकम’ होइन ‘नट-वेलकम’

काठमाडौंः भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेकी छिन्। यद्यपी सामाजिक सञ्जाल ट्वीटर प्रयोगकर्ताले भने भारतीय राष्ट्रपतिकोनेपाल भ्रमणप्रति विरोध जनाएका छन् ।

ट्वीटर प्रयोगकर्ताले भारतीय राष्ट्रपति मुखर्जीविरुद्ध अभियान नै चलाएका छन् । नेपालमा भारतीय राष्ट्रपतिलाई स्वागत छैन भन्ने ट्वीटर ह्यासट्यागमा ट्रेन्डिङ समेत भएको छ ।

नेपाली जनताले ठूलो प्रतिक्षापछि प्राप्त गरेको नयाँ संविधानको भारतले अझैसम्म स्वागत नगर्नु दुःखद् भएको भन्दै ट्वीटर प्रयोगकर्ताले भारतीय राष्ट्रपतिको भ्रमणपछि ट्वीटर प्रयोगकर्ता आक्रोशित देखिएका छन् ।

भारतले मित्रता भन्दा पनि ठूले भाइको सम्बन्ध कायम राख्न खोजेको भन्दै ट्वीटर प्रयोगकर्ताले भारतको विरोध गरेका हुन् । भारतीय नाकाबन्दीप्रति उनले माफी माग्नुपर्ने माग समेत सामाजिक सञ्जालमा उठेको छ ।

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने अथितिलाई स्वागत गर्नुपर्ने बेलामा विरोध गर्नु नहुने उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.