सामाजिक सञ्जालमा ‘सनसनी’ मच्चाउने नेपाली ‘तरकारीवाली’

सामाजिक सञ्जालमा ‘सनसनी’ मच्चाउने नेपाली ‘तरकारीवाली’

काठमाडौंः सामाजिक सञ्जालमा प्रत्येक समय एउटा विषयले व्यापक चर्चा पाउछ । सामाजिक सञ्जालमा चर्चामा रहेकी एक नेपाली युवतीका सनसनीपूर्ण खबर भारतीय सञ्चार माध्यमले प्रकाशनमा ल्याएका छन् ।

भारतीय सञ्चार माध्यमले पाकिस्तानी चियावाला युवाको चर्चापछि नेपाली तरकारीवाली भनेर एक युवतीको चर्चा मच्चाएका छन् । पाकिस्तानी चियावाल अरसद खानको चर्चा पछि नेपाली तरकारीवाली भनेर एक युवतीको तस्बिर भाइरल भएको हो ।

यसरी सामाजिक सञ्चालमा चर्चा पाएकी यी युवतीको तस्बिर गोरखाको भुम्लिचोक गाविसको हो । चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेकी युवती कुशुम श्रेष्ठको फोटो पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले खिचेर फेसबुकमा पोष्ट गरेका थिए ।

उनको फेसबुकबाट सार्वजनिक भएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो । यस अघि भने पाकिस्तानका चिया बेच्ने युवा आफ्नो निलो आँखाका कारण सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

सामाजिक सञ्जालमा चर्चा पाएसँगै पाकिस्तानी युवा अहिले चिया बेच्न छोडेर मोडलिङमा व्यस्त छन् । यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाली युवतीको चर्चा पाकिस्तानी चियावाला युवासँग गरिएको हो ।

साजिक सञ्जालमा युवती चचिर्त भएपछि भने रुपचन्द्रले आफ्नो फेसबुकबाट युवतीको फोटो हटाइसकेका छन् । 

भारतीयहरुले तरकारी अर्थात् क्रेटमा गोरभेडा बोकेकी सुन्दर युवतीको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाएका हुन् । युवती मिहिनती भएको भन्र्दै भारतीयहरुले युवतीको तारिफ गरेका छन् । भारतीयहरुले युवतीको प्रशंसा गर्दै ट्वीटरमा तरकारीवाली नाममा ह्यासट्यागमा ट्रेन्डिङ नै चलाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.