भारतीय राष्ट्रपति मुखर्जी र उपराष्ट्रपति पुनबीच भेटवार्ता

भारतीय राष्ट्रपति मुखर्जी र उपराष्ट्रपति पुनबीच भेटवार्ता

काठमाडौँः भारतका राष्ट्रपति प्रणव मुखर्जी र उपराष्ट्रपति नन्दबहादुर पुनबीच बुधबार साँझ शिष्टाचार भेटवार्ता भएको छ ।

भारतीय राष्ट्रपति मुखर्जी र उपराष्ट्रपति पुनबीचमा भएको सो भेटमा द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको छ ।

उपराष्ट्रपतिसँगको भेटमा नेपालका तर्फबाट सवारीमन्त्री एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, मुख्यसचिव डा सोमलाल सुवेदी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी तथा भारतका तर्फबाट भ्रमण दलमा रहेका सदस्यको सहभागिता रहेका थिए ।

नेपालको तीनदिने राजकीय भ्रमणमा नेपाल आएका राष्ट्रपति मुखर्जी भारतीय दूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । उनले दूतावासको स्वागत समारोहमा अन्य नेतासँग समेत भेटघाट र कुराकानी गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.