प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच बुधबार साँझ हायात रिजेन्सी होटलमा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र मुखर्जीबीचको भेटमा दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका बारेमा वार्तालाप भएको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।
महतका अनुसार मुखर्जीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र केही दिन अघि भारतको गोवामा भएको दुई मुलुकबीचको उच्चस्तरीय भेटवार्ताले आपसी सम्बन्ध थप मजबुत बनाएको विचार व्यक्त गरेका छन् ।

भेटमा प्रचण्डले दुई मुलुकबीच रहिआएको सुमधुर सम्बन्ध अरु सुदृढ बनाउँदै लान नेपालका तर्फबाट कुनै कमी रहन नदिने विश्वास व्यक्त गरेका छन् ।

भारतीय राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको र संविधानमा समेट्नु पर्ने केही विषयलाई समेट्ने प्रयास भइरहेको जानकारी गराएका छन् ।

भेटमा नेपालका तर्फबाट मन्त्री महत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, मुख्यसचिव डा सोमलाल सुवेदी र परराष्ट्र सचिव शङ्करदास वैरागी सहभागी थिए ।

उच्चस्तरीय भेटवार्तामा भारतका तर्फबाट उच्च अधिकारीहरु सहभागी थिए । भारतीय राष्ट्रपति मुखर्जी नेपालको राजकीय भ्रमणका लागि बुधबार दिउँसो नेपाल आएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.