भारतीय राष्ट्रपति मुखर्जीले यसरी गरे पशुपतिमा विशेष पूजा (फोटोफिचर)

भारतीय राष्ट्रपति मुखर्जीले यसरी गरे पशुपतिमा विशेष पूजा (फोटोफिचर)

काठमाडौं: भारतीय राष्ट्रपति प्रणव मुखर्जी पशुपतिनाथ मन्दिरको दर्शनका साथै विशेष पूजा गरेका छन् ।

राष्ट्रपति मुखर्जीले पशुपतिनाथ मन्दिरको गर्भगृहमा दक्षिणपट्टि बसेर विशेष पूजा गरेका हुन्।  कोषका सदस्यसचिव गोविन्द टन्डनका अनुसार मुखर्जीले नेपालका राष्ट्रपति, पूर्वराजाले जस्तै मन्दिरको गर्भगृहमा दक्षिणपट्टि बसेर अभिषेकसहित विशेष पूजा गरेका हुन्। 

मुखर्जीलाई मन्दिरका मूलभट्ट गणेश भट्टले विशेष पूजा गराए। पशुपतिको पश्चिम मूलद्वारमा मुखर्जीको स्वागतमा नेपाल वेद विद्या श्रमका एक सय ८ बटुकले स्वस्तिवाचन गरेका छन् भने भने २२ जना पण्डितले वैदिक रुद्राभिषेक गरे।

मुखर्जीले मन्दिर परिसर प्रवेश गरेपछि वासुकीनाथ, जलाशय, विष्णु, मुक्तिमण्डप, कृतिमुख र उन्मत्त भैरव आदिको दर्शनपछि गर्भगृहमा पुगेका थिए। दर्शन र पूजा सकेर उनले आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे भने कोषका तर्फबाट मायाको चिनो ग्रहण गरे। 

त्यस्तै पशुपति सिर्जनशिल युवा क्वलले बाँसुरी बजाएर स्वागत गरेको छ भने नव अम्मरकान्तेश्वर युवा क्लवले धिमे बाजा बजाएर मुखर्जीको स्वागत गरेको छ। त्यस्तै पशुपति मन्दिर परिसरमा बजाइने परम्परागत पञ्चेबाजा र कुश्लेबाजा बजाएर राष्ट्रपतिको स्वागत गरिएको थियो।

Pranav-in-pashupatinath-mandir

तस्बिर: विकास कार्की/अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.