भारतीय राष्ट्रपति मुखर्जीले के लेखे पशुपतिनाथको आगन्तुक पुस्तिकामा

भारतीय राष्ट्रपति मुखर्जीले के लेखे पशुपतिनाथको आगन्तुक पुस्तिकामा

काठमाडौं: भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बिहीबार बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजाआराधना गरेका छन् ।

पूजाआराधना गरेर पशुपतिनाथ मन्दिर परिसरमा राखेको आगन्तुक पुस्तिकामा मुखर्जीले पवित्र पशुपतिनाथ मन्दिरमा फेरि आउन पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।

विशेषपूजामा भागिदार बन्न पाउँदा आनन्द महशुस भएको बताउँदै मुखर्जीले दर्शनको व्यवस्था मिलाएकोमा मन्दिर व्यवस्थापनलाई धन्यवाद दिएका छन् ।

मुखर्जीले नेपाल भारत मैत्री पशुपतिनाथमा धर्मशाला परियोजना स्थापना गर्न सहयोग गर्न पाउनु भारतका लागि खुसीको कुरा भएको बताएका छन् ।

परियोजनाको स्थापनाका लागि सहयोग गर्दै आफ्नो राजकीय भ्रमणका क्रममा यो घोषणा गर्न पाउनु खुसी लागेको बताउँदै मुखर्जीले मन्दिर क्षेत्र आसपास रहेका घाटहरुको पुर्ननिर्माणमा सहयोग गर्ने उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.