कांग्रेस नेता पौडेल र अमेरिकी राजदूत टेप्लिजबीच भेटवार्ता

कांग्रेस नेता पौडेल र अमेरिकी राजदूत टेप्लिजबीच भेटवार्ता

काठमाडौंः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिजबीच भेटवार्ता भएको छ।

पौडेल निवास बोहराटारमा बिहीबार बिहान भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिकाबीचको द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको थियो। भेटमा नेता पौडेलले संविधान कार्यान्वयन र संशोधनको प्रक्रिया अघि बढेको जानकारी राजदूत टेप्लिजलाई दिएका थिए।

राजदूत टेप्लिजले नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा अमेरिकी सरकारले नेपाललाई निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.