पूर्वराष्ट्रपति यादव र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता
काठमाडौँः भारतका राष्ट्रपति प्रणव मुखर्जी र पूर्व राष्ट्रपति डा रामवरण यादवबीच बिहीबार भेटवार्ता भयो ।
भेटका अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो ।
राष्ट्रपति मुखर्जी र पूर्वराष्ट्रपति यादवबीच व्यक्तिगत मित्रतासमेत रहेको छ । अध्ययनका क्रममा यादव कोलकातामा रहँदा मुखर्जीसँग मित्रता कायम भएको हो ।
अन्य नेतासँगको भेटमा भन्दा पूर्वराष्ट्रपति यादवसँगको भेटमा भारतीय राष्ट्रपति मुखर्जी गम्भीर मुहारमा उपस्थित भएका थिए । रासस