‘नेपाल र भारतको जस्तो सम्बन्ध संसारका कुनै सार्वभौम राष्ट्रको छैन’

‘नेपाल र भारतको जस्तो सम्बन्ध संसारका कुनै सार्वभौम राष्ट्रको छैन’

काठमाडौंः भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल र भारतको जस्तो सम्बन्ध भएका दुई सार्वभौम राष्ट्र संसारमा कतै नभएको बताएका छन् ।

बिहीबार काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मुखर्जीले नेपाल र भारतको सम्बन्धबारे यस्तो बताएका हुन् । ‘नेपाल र भातरजस्तो सुमधुर सम्बन्ध भएका दुई सार्वभौम राष्ट्र संसारमा कतै छैनन्’, मुखर्जीले भने ।

उनले नेपालमा लामो संघर्षपछि संविधान जारी भएकोप्रति खुशी व्यक्त गर्दै सबै पक्षलाई समेटेर कार्यान्वयन गरेर अगाडि बढेको हेर्न चाहेको उल्लेख गरे । ‘नेपालले संविधानले सबै पक्षलाई समेटेर अघि बढेको हेर्न चाहन्छु,’ मुखर्जीले भने ।

भारतीय राष्ट्रपति मुखर्जीले काठमाडौंको प्रशंसा गर्दै भने, ‘हिमालयको काखमा रहेको काठमाडौँ शहर नेपालको राजधानीमात्र नभएर हिन्दु धर्मावलम्बीहरुको आध्यात्मिक केन्द्र भएको ठान्छु ।’

सम्बोधनका क्रममा उनले भारतको स्वतन्त्रता संग्राममा नेपालीले योगदान गरेको समेत स्मरण गरे भने भारतको उदयीमान अर्थतन्त्रबाट लाभ लिन नेपाललाई सुझाव समेत दिए ।

नेपालको तीनदिने भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका मुखर्जीलाई बिहीबार काठमाडौं महानगरपालिकाले विशेष समारोह गरी नागरिक अभिनन्दन गरेको छ ।

राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित विशेष समारोहमा काठमाडौं महानगपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले मुखर्जीलाई अभिनन्दन पत्र, मञ्जुश्रीको मूर्ति र कलात्मक काठको झ्याल प्रदान गरे ।

मुखर्जीको अभिनन्दन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.