माइग्रेन मनोविज्ञान

माइग्रेन मनोविज्ञान

आधुनिक भागदौड र तनावपूर्ण जीवनमा अनेक समस्याका कारण मानिसको टाउको दुख्ने गर्छ । टाउको दुखाइ एसिडिटी, रुघाखोकीदेखि लिएर टेन्सन, टाउकाको ट्युमर तथा विभिन्न किसिमका स्नायुरोगका कारणबाट हुने गर्छ ।

यस किसिमका टाउको दुखाइहरू कुनै हल्का किसिमका हुन्छन् भने कुनै निकै कडा किसिमका । मानिसको दैनिक जीवनलाई नै प्रभावित पार्ने यस्तै एक भयंकर टाउको दुखाइसम्बन्धी रोग हो, माइग्रेन (अर्धशिरोवेधना) ।

माइग्रेन एक प्रकारको स्नायु भास्कुलर रोग हो । पुरुषको तुलनामा तेब्बर महिलाहरू यसबाट पीडित हुने गर्छन् । हालैको एक अध्ययनअनुसार विश्वका करिब १८ प्रतिशत महिला तथा ६ प्रतिशत पुरुष माइग्रेनबाट पीडित रहेको तथ्य प्रकाशमा आएको छ ।

माइग्रेन रोग महिलाको रोग हो । किशोरकिशोरी, नवयुवा तथा युवाको रोग हो । किनभने यो रोग प्रायः किशोरावस्था तथा युवावस्थामा सुरु हुन्छ र बढी महिलालाई हुन्छ । किशोरावस्थामा सुरु भएको माइग्रेन प्रायः ४० वर्षतिर हराउ“छ । तर पछि सुरु भएको माइग्रेन ५०, ५५ वर्षसम्म पनि रहन्छ । तर यो रोग ४० वर्षपछि बिरल्लै देखा पर्छ ।

लक्षण

माइग्रेनको प्रमुख लक्षण असहनीय टाउको दुखाइ हो । यस्तो दुखाइ प्रायः टाउकाको आधा भागमा, खासगरी बाया“तर्फ, कन्चट र निधारमा हुन्छ । दुखाइस“गै वाकवाकी हुने, उल्टी होला जस्तो हुने, उल्टी हुने तथा चक्कर लाग्ने जस्ता लक्षण देखा पर्न सक्दछ ।

माइग्रेनको दुखाइ मध्यमदेखि लिएर निकै भयंकर खालको हुन्छ । कतिपयलाई माइग्रेनको दुखाइ यति पीडादायक हुन्छ कि रोगी दैनिक कार्य गर्न पूर्ण असमर्थ हुन्छ । बन्द कोठामा, एकान्तमा बस्न रुचाउ“छ । माइग्रेन भएको बेला रोगीले भोजन गर्न, टीभी हेर्न, म्युजिक सुन्न तथा होहल्ला मन पराउँदैन ।

माइग्रेनले दुई-तीन महिनामा, एक वा दुई हप्तामा या दुई–तीन दिनको अन्तरालमा रोगीलाई प्रभावित बनाउ“छ । साधारण तथा माइग्रेन तीन प्रकारका हुन्छन् ।
.क्लासिक माइग्रेन
.कमन माइग्रेन
.कम्पिलिकेटेड माइग्रेन

कारण

माइग्रेनका बेला गर्धन, खोपडी तथा मस्तिष्कका धमनीहरू खुम्चिने र सामान्यभन्दा बढी फैलिने गर्छन् । धमनी सुनिन्छन्, जसले गर्दा टाउकाको उक्त भागमा ठीक मात्रामा रक्तसञ्चार हुन पाउ“दैन र पीडा हुन्छ ।

हरेक मानिसमा गुणहरू पनि हुन्छन्, अवगुणहरू पनि हुन्छन् । भनाइ नै छ, अवगुण नभएका देउता हुँदैनन् । गुण नभएका राक्षस हुँदैनन् ।

तर अनुसन्धानकर्ताको दाबी छ कि यस्तो परिवर्तन माइग्रेनको कारण होइन कि माइग्रेनको परिणाम हो । अधिकांश अनुसन्धानकर्ताका अनुसार मस्तिष्क रसायनमा हुने असन्तुलन नै माइग्रेनको प्रमुख कारण हो । किनभने दुखाइको समयमा मस्तिष्क रसायन जस्तै सेरोटोनिन कम भएको हुन्छ ।

माइग्रेनको अर्को प्रमुख कारण अनुवांशिक हो । परिवारका कुनै सदस्यलाई माइग्रेन भएको छ भने ६० देखि ७० प्रतिशत माइग्रेन हुने सम्भावना रहन्छ । भावनात्मक कारणहरूले पनि माइग्रेन हुन सक्दछ ।

उपचार

माइग्रेन असाध्य (निको नहुने) वा कठिन साध्य रोग मानिन्छ । कुनै पनि चिकित्सा पद्धतिमा यस रोगको पूर्ण उपचार छैन । त्यसैले माइग्रेनको सर्वोत्तम उपचार भनेको नै एकीकृत चिकित्सा (इन्टिगे्रटेड मेडिसिन) हो । अतः माइग्रेनको चिकित्सा निम्न प्रकार गरिनुपर्छ ।
. ट्रिगरको पहिचान र त्यसको त्याग ।
. उचित औषधिको सेवन ।
. उचित जीवनशैली तथा व्यायाम ।
. माइन्ड बडी मेडिसिन जस्तैः बायोफिड ब्याक तथा योगा
. सप्लिमेन्ट्स जस्तैः रिबोफ्लोविन तथा म्याग्निसियम
. एक्युपन्चर तथा एक्युप्रेसर ।
. रोग ठीक पार्ने उद्देश्यका साथ आफ्नो हरेचाह ।

माइन्डबडी मेडिसिन

हरेक मानिसको मन (माइन्ड) मा अद्भुत शक्ति हुन्छ । मानिसको मनले नै मानिसलाई रोगी वा निरोगी बनाउने, रोग लागेको छ भने त्यसबाट छुटकारा दिलाउने कार्य गर्छ । मानिसको मानसिक शक्तिलाई मेडिसिनको रूपमा प्रयोग गर्न सकिन्छ ।

अतः मानिसको मनको शक्तिलाई सदुपयोग गरी गरिने उपचार नै माइन्ड बडी मेडिसिन हो । माइन्ड बडी मेडिसिनका अनेक टेक्निक छन् । जस्तैः साइकोथेरापी, हिप्नोसिस, योगा, मेडिटेसन, भिजुअलाइजेसन, बायोफिड ब्याक आदि ।

माइन्ड बडी मेडिसिन उपचारको होलेस्टिक पद्धति भएकाले माइग्रेनका लागि निकै लाभदायक मानिन्छ । माइग्रेनका रोगीले आफैं, घरमै बसेर, गर्न सकिने चिकित्सा प्रस्तुत गरिएको छ ।


माइग्रेनको माइन्ड–बडी लाइफस्टाइल प्रोग्राम

. बिहान उठेपछि एक गिलास पानीमा एक चम्चा मह हालेर पिउने वा दुई गिलास पानी पिउने र दिसापिसाब गरेपछि तिलको तेलले सम्पूर्ण शरीर तथा टाउको आरामसँग मज्जाले मालिस गर्ने । अनि नुहाउने ।

. खुल्ला, शान्त र हावा खेल्ने ठाउँमा आरामले बसेर १० देखि १५ मिनेट अनुलोम विलोम प्राणायाम, गर्मीमा पाँचदेखि १० पटक शीतली प्राणायाम गर्ने । त्यसपछि आधादेखि एक मिनेट अर्धशीर्षासन तथा मत्स्यासन गर्ने । अनि पाँच/पाँच पटक ब्रह्मा मुद्रा तथा गर्धन, कान, कञ्चट तथा अनुहारको मालिस गर्ने । अन्त्यमा भिज्युलाइजेसनमा आधारित वि श्राम ध्यान गर्ने ।

. माइग्रेनको ट्रिगर पहिचान गरी त्यसलाई हटाउने । जस्तो कि जुन कुरा खाँदा वा गर्दा माइग्रेन हुन्छ, त्यस्तो कुरा नखाने तथा नगर्ने । कोचीकोची नखाने, तर उपवास पनि नबस्ने । बिहान नास्ता गर्ने, ठीक मात्रामा खाना खाने, अपराह्न नास्ता र साँझ हल्का खाना खाने ।

. अभिरुचिपूर्वक पढाइलेखाइ वा कार्यमा ध्यान दिने । मनलाई दह्रो बनाएर तथा आत्मबल बढाएर, हरेश नखाइकन माइग्रेन ठीक पार्ने प्रयास गर्ने । कतिखेर माइग्रेनको आक्रमण हुने हो भन्ने चिन्ता नगर्ने, टेन्सन नलिने । हिम्मत र साहसले माइग्रेनको मुकाबिला गर्ने । पौष्टिक आहार सेवन गरेर, दिनचर्या ठीक राखेर, प्राणायाम, योगासन तथा व्यायाम आदि गरेर आफूलाई शारीरिक तथा मानसिक रूपमा मजबुत बनाउने ।

. तार्किक र सकारात्मक सोच राख्ने । यस संसारका कुनै पनि मानिस पूर्ण प्रतिभाशाली वा मूर्ख छैनन् । कुनै पनि मानिस पूर्ण रूपमा सुन्दर वा कुरूप पनि छैनन् । कुनै पनि मानिस पूर्ण रूपमा असल वा खराब पनि छैनन् । हरेक मानिसमा गुणहरू पनि हुन्छन्, अवगुणहरू पनि हुन्छन् । भनाइ नै छ, अवगुण नभएका देउता हुँदैनन् । गुण नभएका राक्षस हुँदैनन् ।

.माइग्रेनको आक्रमण हुने लक्षण देखा पर्‍यो भने वा भयो भने अँध्यारो कोठामा बसेर शीतली प्राणायाम तथा अनुलोम विलोम प्राणायाम गर्ने । अनि पाँच पटक लामो र गहिरो सास लिने र बरफको डल्लोले शिर दुखाइ भएको ठाउँमा हल्कासँग मालिस गरेको, मालिस गर्दा दुखाइ घट्दै गएको र केही बेरको मसाजपछि दुखाइ हटेको कल्पना गर्ने ।
. स्कुल, कलेज वा कामबाट घर फर्किएपछि हातमुख, खुट्टा धुने वा नुहाउने र वि श्राम ध्यान गर्ने । अनि खजा खाने ।
. घरमा पारिवारिक वातावरणलाई रमाइलो र प्रेमपूर्ण बनाउने । घरलाई टेन्सनमुक्त क्षेत्र बनाउने ।

. रात्रि जागा नबस्ने । राति अबेरसम्म पनि नबस्ने । जुन भागतर्फ शिर दुखाइ हुन्छ, त्यसतर्फ कोल्टो नसुत्ने । सिरानी नराखी उत्तानो सुत्ने । राति सुत्नुपूर्व हातमुख तथा खुट्टा धुने, एक गिलास पानी वा एक गिलास दूधमा एक चम्चा घिउ हालेर पिउने । तिलको तेलले टाउको तथा हातखुट्टा मालिस गर्ने । नाकमा पाँच/पाँच थोपा बदामको तेल हाल्ने र वि श्राम ध्यान गर्दै गहिरो र मीठो निद्रा सवासनमा (उत्तानो) सुत्ने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.